एजेन्सी । अमेरिकामा अश्वेत जर्ज फ्लोइडको मृत्युपछि अमेरिकामा विरोधले दिन प्रतिदिन उग्र रुप लिइरहेको छ । राजधानी वासिङ्टन डिसीसमेत ४० शहरमा कर्फ्यू लगाइएको छ ।
आइतबार राती पनि प्रदर्शनकारीले ह्वाइट हाउसको अगाडि ठूलै प्रर्दन गरे तसर्थ सुरक्षाबलले अश्रु ग्यास प्रहार गरे । न्यूयोर्क टाइम्सका अनुसार शुक्रबार ह्वाइट हाउसको अगाडि प्रदर्शनको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पलाई केही बेरका लागि अन्डरग्राउन्ड बंकरमा लगिएको थियो ।
समाचार च्यानल सिएनएनका अनुसार वासिङ्टनसमेत १५ शहरमा करिब ५ हजार नेशनल गार्ड तैनाथ गरिएको छ । आवश्यक पर्ने हो कि भनेर २ हजार गार्डलाई स्ट्यान्डबाई राख्न भनिएको छ ।
प्रदर्शन गरिएका शहरहरुमा निषेधाज्ञा जारी गरिएपनी प्रदर्शनकारीहरुले प्रदर्शन गर्न छाडेका छैनन भने त्यहाँका अधिकारीहरुकाअनुसार कोरोना महामारी बिच गरिएको प्रदर्शनले थप कोरोना संक्रमण फैलिने खतरा बढेको बताएका छन ।






