एजेन्सी । चीनका प्रधानमन्त्री ली केकियांगले बिहीबार चीन र अमेरिकाले आपसी मतभेद सुल्झाउनुपर्ने तथा एक अर्काको मूल हितको सम्मान गर्न सक्ने बताएका थिए। लीले ट्रम्प प्रशासनलाई चेतावनी दिए कि दुई प्रमुख अर्थतन्त्रलाई प्रभाव पार्ने कुनै पनि प्रयास कसैको लागि राम्रो नहुने र सम्पूर्ण विश्वलाई हानी गर्ने छ।
हाल अमेरिका र चीनबीच धेरै मुद्दाहरुमा तनाव भइरहेको छ। यसमा ब्यापार प्रकरणका साथै कोरोना भाइरस महामारीको उत्पत्ति, हङ्कङमा बेइजिङ्को नयाँ सुरक्षा कार्य र विवादित दक्षिण चीन सागरमा चीनको आक्रामक सैन्य चाल सामेल छ। लीले बिहीबार संसदको अधिवेशनको समापनमा आयोजित वार्षिक प्रेस सम्मेलनमा उक्त कुरा बताएका हुन ।
“यो सत्य हो कि यस समयमा चीन र अमेरिकाबीचको सम्बन्धमा नयाँ समस्या र चुनौतीहरू आएका छन्।” उनले भने कि दुई देशहरूबीचको सम्बन्ध अझै पनि राम्रा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेश सचिव माइक पोम्पीओले सुरुदेखि नै चीनलाई कोरोना भाइरस चीनको प्रयोगशालाबाट सुरु भएको आरोप लगाउँदै आएका छन। यद्यपि चीनले ती आरोपहरूको कडाइका साथ खण्डन गरिरहेको छ।






