फ्रान्सले कोरोना उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीन प्रयोग रोक लगाइयो

उज्यालो प्रतिनिधि १५ जेष्ठ २०७७, बिहीबार विश्व

पेरिस । फ्रान्सले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोगमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ । औलो रोगको उपचारमा प्रयोग हुने यो औषधि कोरोनाभाइरसको उपचारमा हानिकारक रहेको अनुसन्धानबाट देखिएपछि फ्रान्सले प्रतिबन्ध लगाएको हो ।

फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो । अध्ययनमा यस औषधिका नकारात्मक र डरलाग्दा असर हुने भेटिएको छ ।

साथै, विश्व स्वास्थ्य संगठनले सोमबार घोषणा गरेझैं फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोविड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ ।

कोरोनाभाइरसको कुनै खोप वा प्रामाणिक औषधि पत्ता नलागेको अवस्थामा फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो ।

बेलायती मेडिकल जर्नल ल्यान्सेटले कोविड–१९ का बिरामीलाई हाइड्रोक्लोरोक्वीन औषधि सेवन गर्न दिइए त्यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउने, व्यक्तिको मृत्यु हुने भन्दै प्रयोग गर्न नहुने बताएको थियो ।

तर यस औषधिका समर्थकहरु पनि थुप्रै छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोनाभाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहेका छन् । दुबै देशमा कोरोना संक्रमितको संख्या बढी छ । –एएनआई

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार