दक्षिण कोरियामा मास्क अनिवार्य

उज्यालो प्रतिनिधि १४ जेष्ठ २०७७, बुधबार विश्व

काठमाण्डौ । कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ ।

‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ । मास्क प्रयोग नगरी यात्रा गरे/गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ ।

नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ ।

नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।

यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना सङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६९ रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार