चीन-भारत सीमा विवाद चर्किदै

उज्यालो प्रतिनिधि १२ जेष्ठ २०७७, सोमबार विश्व

काठमाडौं । कोरोनाभाइरसको महामारीले विश्व आक्रान्त भइरहेका बेला एसियाली शक्तिराष्ट्र चीन र भारत सीमा विवादमा केन्द्रित छन् ।

चीनले पछिल्लो साता लद्दाखसँगै प्याङ्गोङ सो लेक र गल्वान उपत्याकामा थप सेना तैनाथ गरेको छ । गल्वान क्षेत्रमा पछिल्लो दुई सातामा १ सय भन्दा धेरै पाल टाँगेर चिनियाँ सेनाले बंकर निर्माण गर्न शक्तिशाली सैन्य उपकरण ओसारपोसार गरिरहेको छ ।

मिडिया रिपोर्टका अनुसार गत सातामा मात्रै चिनियाँ सेनाले लद्दाख क्षेत्रमा धेरै गतिविधि गरिसकेको छ । दुवै देशका सिपाहीहरुको झगडा समेत भएको केही भिडिओ सार्वजनिक भएका छन् ।
चिनियाँ सेनाको गतिविधिबाट भारतीय पक्ष असन्तुष्ट देखिँदैआएको छ । विवादित मानिएको प्याङ्गोङ सो लेकबाट भारतीय सेनालाई चिनियाँ सेनाले जबर्जस्ती हटाएपछि थप तनाव उत्पन्न भएको छ । भारतीय सेनाले पछिल्लो साता सीमा क्षेत्रमा हवाइ गस्ती बढाइरहेको छ ।

भारतीय सेनाका प्रमुख एमएम नाराभान स्वयं सीमाक्षेत्र नजिकै अवलोकनका लागि पुगेका थिए । मे महिनाको पहिलो साता दुई पक्षका सिपाहीहरुबीच उत्तरी सिक्किमस्थित हिंसात्मक झगडा हुँदा एक सय भन्दा धेरै घाइते समेत भएका थिए ।

यसैबीच भारतीय सेनाले चिनियाँ सेनाले आफ्नो सीमा गस्तीमा बाधा उत्पन्न गरेको जनाएको छ । यसअघि २०१७ मा भारत र चीनका सेना दोक्लममा दुई महिनाभन्दा लामो झडप गरेका थिए ।

२०१८ को अप्रिलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच चीनको वुहानमा अनौपचारिक भेटवार्ता भयो । दोक्लमको झडपलाई अवतरण गराउने भेटको रुपमा पनि यसलाई लिइएको थियो । तिनै दुई देश २०२० मा फेरि युद्धको मनस्थितिमा देखिएका छन् । पछिल्ला घटनाक्रमले उनीहरु दुबै विवादित क्षेत्रबाट पछि हट्ने मनस्थितिमा छैनन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार