वासिङ्टन । अमेरिकाको मिसौरीमा सैलुनका एक कोरोना संक्रमितबाट ९१ जनामा कोरोना फैलिएको छ । यीमध्ये ८७ जना ग्राहक छन् भने ७ जना सैलुनका कर्मचारी रहेका छन् । जुन कर्मचारीबाट संक्रमण फैलियो, ती व्यक्ति लकडाउन खोलिएको ८ दिनसम्म कोरोनाको लक्षण देखिँदासमेत काममा आएको मिसौरीका स्वास्थ्य अधिकारीले सीएनएनलाईजानकारी दिए ।
मिसौरीमा ४ मे देखि सैलुन खोलिएका थिए । यहाँ हालसम्म कोरोनाका ११ हजार ७ सय ५२ संक्रमित फेला परेका छन् भने ६७६ को मृत्यु भएको छ । मिसौरीमा राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकम पार्टीका नेता माइक पार्सन गर्भनर हुन् ।






