काठमाण्डौ । केहीदिनयता नेपाल – भारत सीमा विवाद चर्किएको छ । भारतमा कर्मथलो बनाएकी नेपाली नायिका मनिषा कोइरालाले नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गर्दा भारतीय मिडियाले उनीमाथी विभिन्न आरोप लगाएका छन ।
यसैबिच उनले आफ्नो सामाजिक सञ्जालमा ट्विटरमा ट्विट गर्दै २०० बर्ष सम्म अंग्रेज़को गुलाम भएको भारतका मिडियाले नेपाललाई कसरी गुलाम भन्न सके भनेर प्रश्न गरिकी छन । भारतीय मिडियाले अब नेपाल चीनको गुलाम भनेर लेखेको प्रती आपती जनाउँदै संसारमा आजसम्म कसैको गुलाम या उपनिवेश नभएको मुलुक नेपाललाई कसरी गुलाम भन्न् सके भनेर प्रश्न गरेका हुन ।
“२०० बर्ष सम्म अंग्रेज़ को गुलाम भएको भारतका मिडिया ले सन्सार मा आजसम्म कसैको गुलाम या उपनिवेश नभएको मुलुक लाई कसरी गुलाम भन्न सके।अब बेला आइसक्यो यस्ता मिडिया माथी प्रतिबन्ध लगाउने।” उनले भनेका छन ।
https://twitter.com/TDayalu/status/1263358128890032128






