काठमाण्डौ । हिन्दी चलचित्र जगतमा चर्चा कमाएकी अभिनेत्री मनीषा कोइराला पनि भारत र नेपालको बिच चलिरहेको सीमा विवादमा सामेल भएकी छिन । मनिषाले नेपालले नयाँ नक्शामा कालापानी र लिपुलेकलाई समावेश गरेकोमा समर्थन गरेकी थिइन । यो सँगै भारतमा हल्लिखल्ली मच्चिएको छ ।
मनिषाको यो ट्वीट उनको भारतीय प्रशंसकहरूलाई मन नपरेको र उनी ट्रोल भइन्। भारतीय प्रशंसकहरु भन्छन कि मनीषाले हासिल गरेको ख्याति उनको भारतले दिएको छ। यस्तो अवस्थामा उनीहरूले यस बिषयमा भारतको बिरूद्ध बोल्नु हुँदैन।
यस ट्वीटमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई समर्थन गर्दै मनीषाले लेखिन्, “हाम्रो सानो राष्ट्रको मर्यादा कायम राख्नु भएकोमा धन्यवाद। हामी तीनै महान देशहरूबीच शान्तिमय र मर्यादित वार्तालापको लागि तत्पर छौं ।”
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now ? https://t.co/A60BZNjgyK
— Manisha Koirala (@mkoirala) May 18, 2020






