विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफाको उचाईलाई चुनौती दिदैँ बन्दैछ ‘जेहाद टावर’

उज्यालो प्रतिनिधि २२ बैशाख २०७७, सोमबार रोचक बिचित्र

एजेन्सी । तपाईले बुर्ज खालिफाको नाम त सुन्नै भएको होला । यो विश्वको सबैभन्दा अग्लो भवन हो । यसको उचाई ८२९.८ मिटर रहेछ अर्थात् २ हजार ७२२ फिट ।

तर अब बुर्ज खलिफाको यो रेकर्ड चाँढै नै तोडिने भएको छ । साउदी अरबमा बुर्ज खालिफाको उचाईलाई चुनौति दिदैँ नयाँ भवन बनिरहेको छ । यसको उचाई ३ हजार २८१ फिट अर्थात् करिब एक किलोमिटर रहेको छ । यो भवनलाई ‘जेहाद टावर’ नाम दिइएको छ । यसअघि यसलाई किङडम टावर भनिन्थ्यो ।

यो भवन निर्माणको काम २०२२ सम्म सम्पन्न हुने योजना थियो तर अहिले यसको काम रोक्किएको छ । यस अलावा साउदीसँग जोडिएका अन्य रोचक तथ्यहरु पनि छन् जसबारे तपाईलाई थाहा नहुनसक्छ ।

इस्लाम धर्ममा दुई ठाउँलाई मात्र पवित्र मानिन्छ । त्यो हो मक्का र मदिना यी दुवै ठाउँ साउदी अरबमा रहेका छन् । प्रत्येक वर्ष लाखौं मुसलमानहरु यो ठाउँमा हजका लागि आउने गर्छन् । तर यो ठाउँमा गैर मुसलमानहरुलाई प्रवेशका लागि अनुमति छैन ।

तपाईलाई थाहा छ साउदीमा कुनै पनि संविधान छैन । यो मुलुक शहरिया कानुन अनुसार चल्छ । राजाले जे भन्छ त्यहीँ नै यहाँ सर्वमान्य हुन्छ । यहाँ एकदमै दर्दनाक तरिकाले तरवारले गर्दन काटेर अपराधीहरुलाई मृत्युको सजाय दिइन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार