लकडाउनमा अमेरिकाको एक राज्यले नि: शुल्क कण्डम डेलिभरी गर्ने

उज्यालो प्रतिनिधि २१ बैशाख २०७७, आईतवार रोचक बिचित्र

एजेन्सी । अमेरिकाको मिचिगन राज्यले लकडाउनमा परेका जोडीलाई सित्तैमा कण्डम डेलिभरी गर्ने योजना ल्याएको समाचारमा जनाइएको छ ।

कोरोना महामारीका दौरान आफ्नो राज्यका नागरिकलाई गर्भ रोकथाममा सहयोग गर्न र सरुवा यौनरोगबाट बचाउन स्वास्थ विभागले यस्तो योजना ल्याएको हो ।

‘यो स्वास्थ संकटका बेला हाम्रो समुदायलाई नचाहेको गर्भ रहन, सरुवा यौन रोग र एचआइभीबाट जोगाउनका लागि निरन्तर सहयोग गर्नुलाई हामीले अति महत्वका साथ लिएका छौं,’ मिचिगन स्वास्थ विभाग तथा मानव सेवाकी प्रवक्ता लायन सुत्फिनले एमलाईभ डटकमसँग भनेकी छिन् ।

सुत्फिनका अनुसार मिचिगनवासीहरुले इमेल ठेगाना मार्फत कण्डमको अर्डर गर्नसक्छन् । कण्डमका प्याकेजहरु अलग–अलग राखिएको हुन्छ र यो सुरक्षित हुन्छ । सुफिनका अनुसार प्रत्येक प्याकेजमा १० वटा कण्डम र लुब्रिकेशनको १० प्याकेट हुन्छ ।

इमेलमार्फत अनुरोध गरेपछि सम्बन्धि व्यक्तिको हातमै प्याकेज पु-याइन्छ । स्वास्थ्य विभागले यसअघि विभिन्न स्वास्थ संस्थामार्फत निशुल्क कण्डम उपलब्ध गराउने गरेको थियो । तर लकडाउनका कारण घरबाहिर स्थानीयहरु निस्कन नपाएको अवस्थामा यस्तो योजना ल्याइएको हो ।

मिचिगनमा भर्खरै मात्र घरमै बस्न दिइएको निर्देशनको विरोधमा प्रदर्शन भएको थियो । हतियारसहितका प्रदर्शनकारीले गत बिहीबार मिचिगन स्टेट हाउसअगाडि लकडाउन खोल्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।
अमेरिकामा आइतबारसम्म ११ लाख ६० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । ६७ हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् । मिचिगन राज्यमा ४३ हजारभन्दा बढीमा कोरोना देखिएको छ भने ४ हजार २० जनाले ज्यान गुमाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार