काठमाडौं । चीनले बिश्वलाई नै चकित पार्ने गरी बिभिन्न आविष्कारहरु गरिरहेको छ । विश्वका अन्य देशहरु भन्दा चीन आविष्कार, निर्माण र विकासमा धेरै अघि रहेको छ । चीनले गरेको हरेक आविष्कारले धेरैलाई चकित पारिरहेको हुन्छ । त्यस्तै चीनले एक पहाडमा एक अनौठो र डरलाग्दो लिफ्ट बनाएको छ ।


उक्त पहाडमा भएको लिफ्ट हेर्न लाखौ पर्यटकहरु आउने गर्छन् । निकै ठुलो पहाडमा बनेको उक्त लिफ्टमा जान धेरै डराउने गर्छन् । यो लिफ्ट संसारकै सबैभन्दा ठुलो लिफ्टमा परेको छ । ‘हन्ड्रेड ड्रयागन स्काई लिफ्ट नामले भिनिएको यस लिफ्ट ३२६ मिटर लामो रहेको छ । फ्टिमा ५० जना क्षमताको छ ।


चीनको झांगजियाजी फोरेस्ट पार्कको वुलिंगयुआन स्केनिक क्षेत्रमा रहेको यो लिफ्टबाट माथि जान २ मिनेट लाग्छ । लिफ्टबाट मनोरम दृश्य हेर्न सकिन्छ । यदि यस पहाडमा हिडेर गएमा २ घण्टा लाग्छ ।








