काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक सकेर प्रधानमन्त्री ओली केहीबेरअघि शितल निवास गएका हुन्।
आजै सरकारले ल्याएका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी थिइन्।
मन्त्रिपरिषद्ले अकस्मात राजनीतिक दल विभाजनको व्यवस्था खुकुलो बनाउँदै विधेयक ल्याएपछि नेकपाको सचिवालय बैठक बसेको थियो।






