२४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउने

उज्यालो प्रतिनिधि २३ चैत्र २०७६, आईतवार खेल

एजेन्सी । कोरोना भाईरसको महामारीका कारण एक बर्षपछि सारिएको टोकियो ओलम्पिक गेम्समा सहभागी पुरुष फुटबल खेलाडीको उमेर पनि एक वर्ष बढाइने भएको छ । अब २४ वर्षसम्मका खेलाडीले टोकियो ओलम्पिक खेल्न पाउनेछन् । यसअघि ओलम्पिकमा सहभागी हुने खेलाडीको उमेर २३ वर्षमुनिको हुनुपर्दथ्यो ।

अन्तर्रािष्ट्र«य ओलम्पिक कमिटि (आईओसी) ले ओलम्पिक सरेपछि खेलाडीको उमेर हदमा पनि परिवर्तन गर्न लागेको हो । ओलम्पिकमा महिला फुटबलको उमेरमा भने कुनै नियम छैन । महिला फुटबलमा सिनियर टीमले नै प्रतिस्पर्धा गर्दै आएका छन् ।

आईओसीले विश्व फटबल महासंघ (फिफा) सँग समन्वय गरी पुरुष खेलाडीको उमेर एक वर्ष बढाउन लागेको हो । फिफाले सन् १९९७ जनवरी १ तारिखसम्म जन्मिएका खेलाडीलाई ओलम्पिकमा समावेश गर्ने तयारी गरेको छ ।

यसअघि आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म गरिन लागिएको ओलम्पिक कोरोना भाइरसका कारण एक वर्षपछि सरेको हो । नयाँ तालिका अनुसार टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ तारिखसम्म हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार