कोरोना संक्रमित कनिका कपूर, शहरमात्र नभई अस्पतालको लागि बनिन् ‘टाउको दुखाइ’

उज्यालो प्रतिनिधि ९ चैत्र २०७६, आईतवार संगीत

लखनउ। लखनउमा जुन कनिका कपूरका कारण कोरोनाभाइरसको संक्रमण बढ्ने खतरा उत्पन्न भयो र जसका कारण शहरमात्र होइन पूरै राज्यमा हंगामा मच्चियो, उनै कनिका कपूर अब त्यो अस्पतालको लागि पनि टाउको दुखाइको कारण बनेकी छिन् जहाँ उनको उपचार भइरहेको छ । संक्रमित भेटिएपछि कनिकालाई शुक्रबार लखनउको संजय गान्धी पीजीआइ अस्पतालमा भर्ना गरिएको थियो तर एक दिनपछि नै स्थिति यस्तो बन्यो कि अस्पतालले प्रेस रिलिज जारी गरेर उनीसँग सहयोगको अपिल गर्नुपर्यो ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा कनिकालाई हर सम्भव सुविधा दिइएको तर यति हुँदाहुँदै पनि उनले बिरामीजस्तो नभइ स्टारजस्तो व्यवहार गरिरहेको जनाइएको छ । पीजीआइका निर्देशक प्रोफेसर आरके धीमानले बीबीसीसँग भने ‘हामीले अस्पतालमा उहाँलाई सबैभन्दा राम्रो सुविधा उपलब्ध गराएका छौं । उहाँलाई एसी कोठा दिइएको छ जसमा अट्याच्ड बाथरुम छ । सरसफाइको हरेक समय ख्याल गरिएको छ । कोठामा टिभी पनि छ ।’

प्रोफेसर धीमान भन्छन् ‘पहिले उहाँले घरको खाना खाने भन्नुभएको थियो तर यो उपचारमा सम्भव थिएन । उहाँको मागपछि ग्लूटन फ्रि खाना दिइएको छ जो किचनमा छुट्टै तयार गरिन्छ । भविष्यमा पनि उहाँको यस्तै गरी हेरचाह गरिनेछ तर उहाँले पनि ोच्नुपर्छ कि अस्पतालमा उहाँ बिरामी हो स्टार होइन ।

खासमा कनिकाले एक समाचार साइटसँग कुरा गर्दै पीजीआइमा उनीसँग अपराधीसँग जस्तो व्यवहार गरिएको आरोप लगाएकी थिइन् । उनले आफूलाई राखिएको कोठा फोहर भएको र लामखुट्टे आउने बताएकी थिइन् । कनिकाले डाक्टरहरुसँग कोठा सफा गराउन भन्दा डाक्टरहरुले ‘यो अस्पताल हो फाइभ स्टार होटल होइन’ भनेर जवाफ दिएको आरोप लगाएकी थिइन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार