कोरोना संक्रमित गायिका, जो झुक्याएर विभिन्न सार्वजनिक कार्यक्रममा सहभागीता भइन

उज्यालो प्रतिनिधि ९ चैत्र २०७६, आईतवार संगीत

काठमाडौं । बलिउडकी चर्चित गायिका कन्निका कपुरका कारण कोरोना संक्रमणका रोगी बढेको अनुमान गरिएको छ ।

हाल अस्पतालमा उपचाररत रहेकी गायिका कपुर बेलायतदेखि मुम्बई विमानस्थलमा उत्रिएकी थिइन् । उनले त्यहाँका कर्मचारीलाई झुक्याएर उत्तर प्रदेशको लखनऊसम्म आउन सफल भएको बताइएको छ ।

उनले लखनऊको ताज होटलमा जन्मदिनका पार्टीसहित केही कार्यक्रमहरुमा सहभागीता जनाएको उनका बाबुलाई उदृत गर्दै भारतीय मिडियाले जनाएका छन् ।

तर अस्पतालमा रहेकी गायिका कपुरले आफूले सार्वजनिक कार्यक्रममा सहभागीता नजनाएको जन्मदिनको पार्टीचाहिँ मनाएको प्रतिक्रिया दिएकी छन् ।

उनले विमानस्थलमा स्वास्थ्य परिक्षण गराएर नै आफू मुलुक प्रवेश गरेको तर त्यसबेलासम्म क्वारेन्टाइनमा बस्नुपर्छ भन्ने विषयमा कुनै निर्णय भइनसकेको बताएकी छन् ।

भारतमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन बढिरहेका बेला गायिका कपुरको हर्कतको सर्वत्र आलोचना भएको छ । कतिपयले पढेलेखेकी गायिकाबाट नै हुने यस्तो असावधानीले सर्वसाधारण जोखिममा परेको बताएका छन् ।

एकल महिला रहेकी गायिका कपुर लन्डनमा आफ्ना सन्तानलाई भेटेर फर्किएकी थिइन् । एजेन्सी

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार