काठमाडौं । चर्चामा रहेकी ८ वर्षीय बालिका आयुषा गौतमको स्वर रहेको ‘फुली नाकैमा’ बोलको गीतको म्युजिक भिडियो सार्वाजानिक भएको छ ।
गीतमा डिआर सुजनको संगीत र प्रल्हाद सुवेदीको शब्द रहेको गीत आयुषा र राजुले गुरु चेलीको रुपमा गाएका छन् । एरेन्जर सुदिप सागरको संगीत संयोजनमा रहेको गीतमा गुरुसँग चेलीले आफ्नो सपनाको चर्चा गरेको शब्द समेटिएको छ ।
भिडियोमा कलाकार सरोज खनाल, लोकगायक कृष्ण, डिआर सुजन, रविना भन्डारी, लेखनाथ भुसाल, चक्र साउद आरसी लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोमा शम्भु चालिसेको छायाँकन, सुजन शाहीको सम्पादन र निर्देशन रहेको छ ।