अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०७६, आईतवार संगीत

अलएनमा नयाँ वर्ष-२०७७ धमाका !

“नेपालीका लागि नेपाली” भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै आएको गैर आवासीय नेपाली संघको युएई अन्तरगत सक्रिय क्षेत्रीय समिति अलएनले नेपाली नयाँ वर्षमा सांगीतिक धमाका मच्चाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष उज्ज्वल दाहालले जानकारी दिनुभएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी “नयाँ वर्ष सांस्कृतिक धमाका-२०७७” को आयोजना आउदो १०-अप्रिल, शुक्रबार अलऐनको फाइभ स्टार पार्टी प्यालेसमा आयोजना हुने निस्चय भएको अध्यक्ष दाहालले बताउनुभएको छ ।

कार्यक्रमको मुख्य आकर्षक कलाकारहरूमा
राजेश पायल राई रहनुहुनेछ भने द नेपाली भ्वाइस-२ का लोकप्रिय गायकगायिकाहरु बलबहादुर राजवंशी, मेचु धिमाल पनि अलएनको कार्यक्रममा उपस्थित भएर मञ्च जमाउने भएका छन् । यसैगरी एलिसा श्रेष्ठ र रूबिसा श्रेष्ठ पनि नेपालबाट आफ्नो कला प्रस्तुत गर्न युएई आउने पक्का भएको जानकारी कार्यक्रम संयोजक रन्जन भुजेलले बताउनुभएको छ ।
साथमा रोजगारीको क्रममै युएईमा कार्यरत नेपाली कलाकारहरू पारस लामा, दिब्या सुब्बा,प्रसान्त ताजपुरिया, जनक रूचाल, शान्ति तामाङ, एलिसा तामाङ सहित एक नेपाली सांगीतिक ब्यान्ड “ओतप्रोत,ले पनि आफ्नो प्रस्तुति रहने आयोजक संस्था एनआरएनए अलएनका सचिव दिपक खडकले जानकारी दिनुभएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार