अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे । यो देखेर साथीले लिंकन लाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।
१. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।
२. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
३. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।
४. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।
५. प्रजातन्त्र भनेको जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।
६. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
७. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।






