अमेरिकन आइडलमा छानिए नेपाली युवा, हलिउडमा गुञ्जिने भो नेपाली स्वर (भिडियोसहित)

उज्यालो प्रतिनिधि ७ फाल्गुन २०७६, बुधबार संगीत

काठमाडौं । विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन् । अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाडौंका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन् ।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् । आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन् । दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन् ।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए । त्यसपछि नै उनले गाउन थालेका थिए । प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए । उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे । उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार