लक्षु प्रकाश मल्लद्वारा संगीतमा नयाँ विश्व किर्तिमानी कायम गर्न सफल

उज्यालो प्रतिनिधि ३ फाल्गुन २०७६, शनिबार संगीत

काठमाडौं । लक्षु प्रकाश मल्लको ‘म वियोगमा बाँचीरहेँ’ नामक गीतले नेपाल तथा विश्वमै नयाँ किर्तीमानी कायम गर्न सफल भएको छ ।

ई–क्रोमेटिक स्केलमा संगीत विद्याको १२ वटै शुर प्रयोग गरेर गीत बनाइएको हो । संगीतले नयाँ किर्तीमान कायम गरेर एभरेष्ट विश्व रेर्कडको सर्टिफिकेट समेत प्राप्त गर्न सफल भएको कुरा शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेनमार्फत जानकारी गराईएको छ ।

‘म वियोगमा बाँचीरहेँ’ संगीतले विश्व रेर्कड कायम गरेर नेपाली कलाक्षेत्रलाई अन्तराष्ट्रियस्तरमा चिनाउन सफल भएको जानकारी दिइएको छ ।

गीतमा संगीत लक्षु प्रकाश मल्लको रहेको छ भने सो गीतमा गीतकार डा. दलिप कुमार मल्लको रहेको छ । मल्लले संगीत काठमाडौंको पुतलीसडकस्थित् बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको जानकारी समेत गराए ।

गायक, संगीतकार तथा संगीत संयोजक लक्षु प्रकाश मल्ल वि.स.२०५९ सालदेखि कलाक्षेत्रमा निरन्रत सक्रिय छन् । उनले अहिलेसम्म दुई दर्जनभन्दा बढि गीतमा स्वर÷शब्द÷संगीत भरिसकेका छन् ।

सो कार्यक्रमको सभापति समेत रहेका गीतकार साहित्यकार डा. दीलपकुमार मल्लले समग्रमा सो गीतलाई शुभकामना व्यक्त गर्दै संगीतले आगामी दिनमा नयाँ उचाई कायम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । उनले संगीत नेपाली समाजमा निकै लोकप्रिय हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी कार्यक्रममा अग्रज गायिका देवी हमालले सो संगीतले नयाँ किर्तीमान हासिल गरेकोमा शुभकामना व्यक्त गदेै संगीतबाट नेपाली कलाक्षेत्रमा नयाँ उत्साह ल्याउने समेत जनाएकी छिन् ।

कार्यक्रममा वरिष्ठ संचारकर्मी तथा कलाकार सुदर्शन आर्चायले संगीतले आगामी दिनमा नयाँ उचाई हासिल गर्ने बताएका छन् ।

कार्यंक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार राजु सिंह, विशेष अतिथिसमेत रहेका संगीतकार नरहरि प्रेमीले गीतको समालोचना गरेका थिए ।

स्टार म्युजिक सेन्टर प्रा.ली. को आयोजना रहेको सो कार्यक्रमको सचालन संचारकर्मी राजकुमार रायमाझीले गरेका थिए भने मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली “अभिव्यक्ति” रहेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वरिष्ठ संगीतकार राजु सिंहको हातबाट एभरेष्ट वल्र्ड रेकर्डको सर्टिफिकेट संगीतकार लक्षु प्रकास मल्लले ग्रहण गरे । मल्लले नेपाली सांगीतिक क्षेत्रलाई अझ थप उचाँईमा पुर्याउन सक्दो योगदान रहने विश्वास व्यक्त गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार