बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिन्छ : प्रचण्ड

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बूढीगण्डकी जलविद्युत् परियोजनाको कामले अब छिट्टै गति लिने बताएका छन् ।

सातौँ धादिङ महोत्सवको धादिङबेँसीमा आज उद्घाटन गर्दै उहाँले धादिङ र गोरखाका जनताको जीवनस्तरमा गुणात्मक फड्को मार्ने परियोजना भएको हुँदा मुआब्जाको काम सकिएकोले यसको काम छिट्टै हुने बताए ।

जलविद्युत् परियोजनाका प्रभावितको पुनर्वासको विषयमासमेत छलफल भएको बताउँदै उहाँले यसबाट आर्थिक विकास र पर्यटन विकासमा देशलाई ठूलो फाइदा पुग्ने दाबी गरे।

पृथ्वीराजमार्गको वैकल्पिक मार्गको रूपमा त्रिशूली र मस्र्याङ्दीमा समानान्तर राजमार्ग बनाउन सरकार लागि परेको उनको भनाइ थियो ।

निजी, सार्वजनिक र सहकारीको विकास गर्दै समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गर्दै अध्यक्ष दाहालले ल्हसाबाट काठमाडौँ, पोखरा हुँदै लुम्बनी रेलमार्ग बनाइने प्रतिबद्धता व्यक्त गरे ।

हालको अवस्थामा निजी क्षेत्र पनि उत्साहित भएको बताउँदै उनले विदेशी लगानी भित्रिए मात्र नेपाल प्रगतितर्फ अग्रसर हुने धारणा व्यक्त गरे ।

धादिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेपाङ, मगर, लामा, झाँकी प्रस्तुत गरिएको थियो ।

कूल १५५ कक्ष रहेको महोत्सवले पाँच करोडको कारोवार गर्ने छ भने महोत्सवमा दुई लाख मानिसले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।

धादिङमा उत्पादन भएका राडीपाखी, ढाका, हस्तकला, तथा रेशम आदि सामाग्रीको प्रदर्शनी गरिएको छ ।

उद्घाटन समारोहमा सांसद खेम लोहनी, मीन विश्वकर्मा, भूमी त्रिपाठी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार