काँग्रेस नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ : नेता पौडेल

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली काँग्रेस ब्यासनगर समितिको शुक्रबार दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिए ।

विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा काँग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । ‘काँग्रेस सुध्रिए मात्रै लोकतन्त्र विरोधीसँग लड्न सक्छौं’, वरिष्ठ नेता पौडेलले भने, “नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ ।”

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिलाई सम्मानित बनाउन वैचारिक बहस शुरु गर्नुपर्ने बेला आएको बताए । काँग्रेसको सिद्धान्तले मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्दै वरिष्ठ नेता पौडेले राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औंल्याए । वरिष्ठ नेता पौडेलले नेता र पार्टी सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै त्यसतर्फ पार्टीका कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिए ।
नेता पौडेलले भने, ‘वर्तमान सरकार राज्य व्यवस्थालाई कम्युनिष्ट दर्शनमा ढाल्ने प्रयास गर्दैछ ।’ नेता पौडेलले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्ने प्रयास भइरहेको समेत चर्चा गरे । नेपाल विद्यार्थी सङ्घलाई अलपत्र पार्ने काम भएपछि पार्टीको विधानको धारा ४२ बमोजिम सङ्घमा पदाधिकारी चयन गरिएको नेता पौडेलले स्पष्ट पारे ।

काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टी विधि र विधान विपरीत चल्न थालेकोमा आपत्ति जनाए । भण्डारीले व्यक्तिगत फाइदाका लागि पार्टीभित्र झगडा हुने गरेको आरोप लगाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको आन्तरिक कलह छाडेर संविधानको रक्षाका लागि लड्नुपर्ने बेला आएको बताए । उनले विधानसम्मत एकता भए मात्रै पार्टीमा एकता सम्भव रहेको बताउँदै भागबण्डाको एकताले गुटबन्दी अन्त्य गर्न नसक्ने ठोकुवा गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार