योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद : मन्त्री अर्याल

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले योजना माग गर्ने तर रकम खर्चै नहुने कुरा दुखद रहेको बताउनुभएको छ । स्याङ्जा जिल्लाको विकास सम्बन्धमा स्याङ्जामा छलफल गर्दै मन्त्री अर्यालले सडकको विषय अझ गम्भिर रहेको बताउनुभयो ।
जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आयोजना गरेको विकास सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उहाँले समयमै योजना सम्पन्न गर्ने सन्दर्भमा कर्मचारीले मात्र रकम खर्च गरेनन् भन्दा पनि जनप्रतिनिधिहरुले कति सहजिकरण गर्ने भन्ने कुा पनि महत्वपुर्ण हुने बताउनुभयो । ुके गर्दा काममा गति दिन सकिन्छ ध्यान दिउ । योजना नपरेको होइन काम नभएको होु, मन्त्री अर्यालले भन्नुभयो, ुअहिलेसम्मका ठेकेदारी प्रकृयामा नै समस्या छ । क्षमता नै नभएकोले एक भन्दा बढी योजना होल्ड गरेर किन राख्ने रु सोचनीय विषय हो कि होइन रुु
छिरलिएको योजनाले समृद्धि आउन नसक्ने भन्दै मन्त्री अर्यालले अलिकति बल गर्दाखेरि सम्पन्न गर्न सकिने योजनाको पहिचान गरेर सम्पन्न गर्ने दिशामा जान आग्रह गर्नुभयो ।
काम गर्नका निम्ति तत्परता देखाएमा बजेटको कुनै समस्या नहुने मन्त्री अर्यालको भनाई थियो । उहाँले भन्नुभयोु, ुकाम गर्ने तत्परता देखाउनुस पैसाको व्यवस्था म गर्छु । स्याङ्जाको विकास गर्ने हो भने प्राथमिकताका आधारमा राजनीतिक सहमति गरेर जाउ ।ु
एक वर्षभित्रमा सम्झौता कार्यान्वयन नगरेमा सिधै सम्झौता खारेज गर्नेगरी खरिद ऐन संशोधन भएको भन्दै उहाँले योजना लिएर सम्पर्कबिहिन ठेकेदारको समस्या समाधान हुने बताउनुभयो ।
अब विकास निर्माणको कार्यान्वयमा देखिएको उदासिनता त्यागेर अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो । ुकार्यान्वयनमा देखिएको उदाशिनता पहिलो नम्बरमा तोडौ । विकासमा, समृद्धिमा एकता आजको आवश्यकता हो । साना साना कुरामा खेलोफड्को गरेर हामी झन पछि पर्दै गएका छौु, मन्त्री अर्यालले भन्नुभयो, ुअब हामी साना कुरामा भुल्ने होइन । हामी कसरी आफ्नो जिल्ला बनाउने भन्ने कुरामा विकासमा समन्वय गरेर जाने वातावरण बनाउ ।ु आफ्नो जिल्ला बनाउने अभियानमा एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।
यस आर्थिक वर्षको बाँकी महिनामा कति काम सम्पन्न गर्न सकिन्छ त्यसमा केन्द्रित भएर जान समेत आग्रह गर्दै मन्त्री अर्यालले। प्राथमिकता पहिचान गरेर अलि बढी बजेट त्यहा हालेर जान सुझाउनुभयो ।
परिवर्तनको अनुभूति गराउने हात कर्मचारीहरुको हातमा भएको भन्दै उहाँले कर्मचारीको जिम्मेवारी निर्वाह गर्दै मेरो पालामा नयाँ के काम गर्ने भन्ने योजना बनाएर अगाडी बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार