वुहानबाट फर्केका विद्यार्थीलाई १४ दिनसम्म भेट्न् नपाउने

उज्यालो प्रतिनिधि २ फाल्गुन २०७६, शुक्रबार समाचार

काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ ।

३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् ।

वुहानबाट नेपाली विद्यार्थीलाई लिएर जहाज आइतबार बिहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलमा अवतरण गर्नेछ । विभानस्थलमा अवतरण गरेपछि ति विद्यार्थीलाई सिधै खरीपाटी लगिनेछ । खरीपाटी स्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा ति विद्यार्थीलाई १४ दिनसम्म राखिने भएको छ ।

ति विद्यार्थीको विभिन्न परिक्षण गरिने भएको छ भने १४ देखी १७ दिनसम्म उनीहरु क्वारेन्टाइनमा बस्नुपर्ने छ । १८० विद्यार्थीका लागि ६० कोठा तयारी अवस्थामा राखिएको छ भने ति विद्यार्थीका कुनै पनि अभिभावकले १४ दिनसम्म उनीहरुलाई भेटन पाउने छैनन् ।

स्वास्थ्य उपचारसंगै खानाको व्यवस्था पनि सरकारले गर्ने भएको छ भने चौविसै घण्टा स्वास्थ्यकर्मीमो निगरानीमा हुनेछन् । सरकारले ५० जना स्वास्थ्यकर्मीलाई विषेश तालिम दिएर राखेको छ । खरीपाटीका लागि ८६ जना चिकित्सक खटाईने भएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार