विद्यार्थीलाई आफनो भविश्यको निर्णय आफै गर्न सक्ने वनाउन इटहरी उपमहानगरले विशेष कार्यक्रम संचालन गरेको छ । विद्यार्थीहरुलाई आफनो क्षमता आफै पहिचान गरि भविश्यमा के वन्ने भन्ने निर्णय गर्न सक्ने वनाउन क्यारियर काउन्सिलिङ्ग गर्न थालिएको हो । उपमेयर लक्ष्मी गौतमका अनुसार अहिले यो कार्यक्रम इटहरीका पाँचवटा विद्यालयमा संचालित छ ।
उहाँका अनुसार प्रत्येक विद्यालयका दुईजना शिक्षकहरुलाई तालिम प्रदान गरि फोकल पर्सन नियुक्त गरिएको छ । कक्षा ९ र १० का विद्यार्थीहरुलाई काउन्सिलिङ्ग गरिन्छ । उपमहानगर शिक्षा शाखाकी अघिकृत उमा दाहालका अनुसार नौ कक्षाका विद्यार्थीहरुको वढिमा ३५ जनाको समूह वनाएर छ वटा सेसनमा काउन्सिलिङ्ग गरिन्छ ।
१०कक्षामा पूर्नताजगी गरेपछि विद्यार्थीहरु आफनो क्षमता पहिचान गरि भविश्यमा के वन्ने भन्ने निर्णय गर्न सफल हुने छन । स्वीस सरकार, सीटीइभीटी,हेल्भेसटास र इन्स्यूर परियोजनाको सहयोगमा इटहरी उपमहानगरले यो कार्यक्रम संचालन गरेको हो । यो कार्यक्रम संचालित विद्यालयका प्रधानाध्यापक,फोकलपर्सनहरु र सरोकारवाला विच आज इटहरीमा वैठक सम्पन्न भएको छ ।