माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन सर्वोच्च अदालतमा रिट

उज्यालो प्रतिनिधि २९ माघ २०७६, बुधबार समाचार

काठमाडौं। पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट परेको छ। बुधबार अधिवक्ता वालकृष्ण न्यौपानेले रिट दायर गरेका हुन्।

बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रधानमन्त्रीबाहेक अन्य १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

तर, नेकपा नेता तथा पूर्व प्रधानमन्त्री नेपाल र समाजवादी पार्टीका नेता बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर नभएपछि सर्वोच्चमा रिट परेको हो।

अख्तियारले नीतिगत निर्णय भन्दै दुई पूर्व प्रधानमन्त्रीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो। तर, मन्त्रिपरिषद्को निर्णयमा मन्त्रीहरु फस्ने प्रधानमन्त्री उम्किने भन्दै अख्तियारको मुद्दा दायर नै विवादित बनेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार