पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारङ्गी टोली परिचालन

उज्यालो प्रतिनिधि २९ माघ २०७६, बुधबार समाचार

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारङ्गी टोली परिचालन गरेको छ । पैदल यात्रुमा ट्राफिक नियमको जानकारी नहुने र जथाभावि बाटो काटने, जेब्राक्रसिङको प्रयोग नगर्ने र ट्राफिक लाइटको जानकारी नराख्ने समस्या रहेको भन्दै सांगितिक टोली मार्फत सचेतना फैलाउने प्रयास गरेको हो ।

बुधबार बानेश्वरस्थित संसद भवन अगाडि ट्राफिक प्रहरीले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो । प्रहरी वरिष्ठ उपरीक्षक, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले पैदल यात्रीले ट्राफिक नियमको जानकारी नराख्ने र जथाभावी बाटो काटने गरेकाले सांगितिक अभियानमार्फत ट्राफिक नियमको जानकारी गराइएको बताए ।

उनले सडकको जेब्राक्रसिङमा समेत ट्राफिक लाइट सुरु भइसकेको र पैदल यात्रुले त्यसको पालना नगरेपछि ट्राफिक नियमको जानकारी दिन नयाँ उपाय अपनाएको बताए । उनले ट्राफिक प्रहरी आफैले पनि जानकारी गराउने र सांगीतिक तरिकाले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको बताए ।

महाशाखा प्रमुख ढकालले पैदल यात्रुको चाप बढी हुने काठमाडौंका मुख्य मुख्य स्थानमा सांगीतिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराउने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार