कोरोना भाइरसको असर पोखराको पर्यटनमा,सुनसान बन्दै पोखरा

उज्यालो प्रतिनिधि २७ माघ २०७६, सोमबार समाचार

काठमाडाैं । चीनको वुहान शहरबाट फैलिएको नोबल कोरोना भाइरसको असर पोखराको पर्यटनमा देखिएको छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यस सिजनमा पोखराको लेकसाइड अहिले सुनसान छ ।

चिनियाँहरूको नयाँ वर्षको पूर्वसन्ध्यामा कोरोना भाइरसको संक्रमण बढेपछि चिनियाँ पर्यटकको आवागमन ठप्प भएको हो । चिनियाँ विमान कम्पनीले नेपाल उडान स्थगित गर्दा पोखरा घुम्नेहरूको संख्या एकदमै घटेको छ ।

यस सिजनमा पोखरामा ४० देखि ५० प्रतिशत पर्यटकको आगमन हुने गथ्र्यो । त्यसमध्ये पनि २५ प्रतिशतभन्दा बढी चिनियाँ पर्यटक हुने गर्दथे । तर, अहिले पर्यटक नै न्यून रहेको अवस्था छ । ‘कोरोनाको महामारीले सबैजसो बुकिङ रद्द भएका छन्,’ पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष विकल तुलाचनले बताए ।

चिनियाँ पर्यटक घट्दा होटलको अकुपेन्सी दरसमेत घटेको छ । ‘अघिल्ला वर्ष यस सिजनमा ४० प्रतिशत अकुपेन्सी हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारी मात्र छ,’ तुलाचनले बताए । अहिले चिनियाँ मात्र होइन, अन्य देशका पर्यटकले पनि धमाधम बुकिङ रद्द गरेका छन् । हालका दिनहरूमा पोखरामा चिनियाँ मात्र होइन, अन्य विदेशी पर्यटकसमेत देख्न मुश्किल भएको पर्यटन व्यवसायीको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छापिएकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार