मातृभाषा शिक्षा शिक्षक महासंघ गठन

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

काठमाडौं । मातृभाषामा शिक्षालाई प्रभावकारी ढंगमा कार्यान्वयनमा लैजाने उद्देश्यसहित् देशभरका शिक्षकहरु संगठित् भएका छन् ।

विद्यालय तहमा संविधानले निर्दिष्ट गरेबमोजिम मातृभाषामा सहज ढंगबाट शिक्षा उपलब्ध गराउने हेतुका साथ देशभरका शिक्षकहरु ‘मातृभाषा शिक्षा शिक्षक महासंघ’ गठन गर्दै संगठित् भएका हुन् ।

काठमाडौंस्थित् नयाँ बानेश्वरमा भएको भेलाले खड्ग बहादुर लामा अध्यक्ष रहने गरी तदर्थ समिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा अञ्जु लामा र दिपक तुलाधार छन् । त्यसैगरी महासंघको सचिवमा चेत कुमार लामा, सह–सचिवमा लाक्पा तामाङ र कोषाध्यक्षमा प्रेम लामा छानिएका छन् ।

महासंघले सातै प्रदेशका इन्चार्ज तथा संयोजकहरु समेत छानेको छ । भेलाले प्रदेश नम्बर १ को इन्चार्ज÷संयोजकमा हरिचन्द्र लावती, २ मा जनार्दनलाल दास, बागमती प्रदेशमा सुकमान बमजन, गण्डकी प्रदेशमा केयर सिं गुरुङ, प्रदेश ५ मा सवुर्णमान चौधरी, कर्णाली प्रदेशमा मान बहादुर मगर र सुदुरपश्चिम प्रदेशमा गीता जोशी छानिएका छन् ।

सबै प्रदेशका इन्चार्ज एवं संयोजकहरुलाई सम्बन्धित प्रदेशभित्र महासंघ विस्तार गर्न जिम्मेवारी प्रदान गरिएको महासंघका अध्यक्ष खड्ग लामाले जानकारी दिए । महासंघको विस्तारित् पहिलो बैठक चाँडै बोलाउने समेत उनले बताए ।

महासंघले बाँकी केन्द्रीय सदस्यहरु पहिलो बैठकबाट मनोनित् गर्ने समेत लामाले बताए ।

त्यसैगरी महासंघको सल्लाहकार समेत चयन भएको छ । जसअनुसार महासंघको सल्लाकारमा भाषाविद् अमृत योञ्जन, मातृभाषा विज्ञ डा. लोकबहादुर लोप्चन, प्रशिक्षण विज्ञ लोकबहादुर वाईबा र पत्रकार बुद्ध लोप्चन छानिएका छन् । महासंघले आवश्यक परामर्शको आधारमा अन्य विज्ञहरुलाई सल्लाहकारमा मनोनित गर्ने समेत जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार