ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो : नेता कोइराला

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतो देखिएको आरोप लगाएका छन् ।

कोइरालाले शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदले गरेको निर्णयलाई नीतिगत निर्णय भनेर उन्मुक्ति दिने र कसैलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा नचलाउनुले सरकारसँग अख्तियारको मिलेमतो रहेको पुष्टि भएको बताए ।
‘वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो । केहीलाई मन्त्रिपरिषदको नीतिगत निर्णय भन्दै उन्मुक्ति दिइयो । केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन,’ कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारको पछिल्लो कदमबाट निष्पक्षता र संवैधानिक स्वायत्तता माथि प्रश्न उठेको कोइरालाले उल्लेख गरे । उनले भने, ‘अख्तियारको यो कार्य लोकतन्त्र र देशका लागी यो दुर्भाग्य छ ।’

गत बुधबार अख्तियारले तत्कालीन प्रधानमन्त्रीद्वय मधव नेपाल, बाबुराम भट्टराइसहितलाई उन्मक्ति दिँदै काँग्रेस उपसभापति विजय कुमार गच्छदारसहित १७५ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार