बुहानमा कोरोना भाइरस संक्रमित पहिचान गर्न प्रहरीले थाल्यो प्रत्येक घरमा छापा मार्ने अभियान

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

एजेन्सी । बुहानमा गम्भीर रुप लिएको कोरोनाभाइरस संक्रमणसँग लड्नको लागि प्रशासनले आक्रमक शैली अपनाएको छ । बुहान प्रहरी अहिले घरमा छापा मार्ने शैलीमा कोरोनाभाइरस संक्रमित पहिचान गर्नको लागि घर घरमा पुगेर जाँच गरिरहेको छ ।

सरकारले प्रहरीलाई कोरोनाभाइरस संक्रमितलाई क्वारेन्टाइनमा राख्नको आदेश दिएको छ । तर यी सम्पूर्ण प्रयासका बावजुद पछिल्लो चार दिनमा संक्रमितको संख्या बढेर दुई गुणा भएको छ ।

स्थायी अस्पतालमा बिरामी
अधिकारीहरुले अहिले अस्पतालमा कम बेड संख्याको कारण विरामीलाई अस्थायी अस्पतालमा भर्ती गरिरहेको छ ।

बुहान खेलकुल रंगशाला, प्रदर्शनी केनद्र र नयाँ विल्डीङ कम्प्लेक्सहरुमा विरामीलाइृ एक ठाँउमा राखिएको छ ।

होङ्गाशान स्टेडियममा जाँचको लागि मेसिन नै जडान गरिएको छ । चिकित्सकका अनुसार यदी कसैलाई उपचारको आवश्यकता पर्यो भने तिनलाई बाँकीबाट अलग राखिन्छ ।

सामाजिक संजाललाई सरकारले चलाउने चर्चा

युनिर्भसिटी अफ हङकङसँग काम गरिरहेका स्वतन्त्र संस्था ‘द चाइना मिडिया प्रोजेक्ट’का अनुसार चिनिया प्रशासन समाजिक संजाल कम्पनीको कामकारबाहीबाट सन्तुष्ट छैन ।

समाजिक संजालबाट कोरोनाभाइरसको प्रकोपबारे धेरै दुष्प्रचार फैलिरहेको कुरामा सरकार असन्तुष्ट छ ।

रिपोर्ट अनुसार देशका केही ठूला प्रवधि कम्पनी सिनो वीबो, टेनसेन्ट र बाइडान्सलाई सरकारको नेतृत्वले चलाउन लागेको छ । सरकारी नियन्त्रणमा तिन वेबसाइटले संजालले कोरोनाभाइरसविरुद्धको लडाईमा सकारात्मक भूमिका निभाउने सरकारी स्रोतले बताएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार