युवतीलाई झारफुक गर्ने बहानामा बलात्कार

उज्यालो प्रतिनिधि २५ माघ २०७६, शनिबार समाचार

कैलाली । १४ वर्षीया किशोरी बलात्कारको आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडबाट १ व्यक्ति पक्राउ परेका छन् ।

बिरामी युवतीलाई झारफुक गर्ने बहानामा युवती बलात्कार गरेको गरेको अभियोगमा घोडाघोडी नगरपालिका–१, हिम्मतपुरका ४५ वर्षीय हरिप्रसाद डगौरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, आँखामा समस्या समाधानका लागि झारफुक गर्न गएको आफूलाई डगौराले मन्दिरमा नरिवल चढाउने बहानामा घोडाघोडी तालक्षेत्रको जंगलमा लगेर बलात्कार गरेको बताएकी छन् ।

माघ २१ गते किशोरी बलात्कृत भए पनि ढिलो गरी जानकारी आएकाले डगौरालाई शुक्रबार मात्रै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डगौरालाई अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।

यसैबीच बलात्कारकै अभियोगमा १५ वर्षीय किशोर पनि पक्राउ परेका छन् । १४ वर्षीया किशोरी बलात्कारको आरोमा घोडाघोडी नगरपालिका ८ का किशोर पक्राउ परेको इलाका प्रहरी कार्यालय, सुखडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए । भट्का अनुसार किशोरमाथि लागको अभियोगबारे अनुसन्धान भइरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार