सिरहाका ६० हजार बालबालिकाको पोषण अवस्था जाँचिँदै

सिरहा : जिल्लामा आमा र बच्चाको स्वास्थ्य अवस्था सुधार्ने लक्ष्यका साथ ‘सुनौलो हजार दिनका आमाहरूसँग पाँच वर्षमुनिका बालबालिकाको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रम’ सुरु भएको छ। आइतबार लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले एक विशेष कार्यक्रमका बीच यस अभियानको औपचारिक उद्घाटन गरे।

स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखाको नेतृत्वमा वैशाख १५ देखि ३० गतेसम्म देशव्यापी रूपमा यो अभियान चलिरहेको छ। कार्यक्रमको मुख्य उद्देश्य ६ देखि ५९ महिनासम्मका बालबालिकामा शीघ्र कुपोषण पहिचान गरी समयमै उपचार पक्का गर्नुका साथै स्थानीय तहदेखि प्रदेशस्तरसम्म कुपोषणको जोखिम छुट्याएर आगामी योजना बनाउने आधार तयार गर्नु हो।

उद्घाटन समारोहमा नगरप्रमुख चौधरीले ‘सुनौलो हजार दिन’ को महत्वबारे जोड दिँदै भने, “बालबालिकाको शारीरिक, मानसिक र बौद्धिक विकासका लागि पहिलो हजार दिन एकदमै महत्त्वपूर्ण हुन्छ। यस अवधिमा उचित पोषण मिलाउन सके स्वस्थ र सक्षम नागरिक बनाउन सकिन्छ।” उनले नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि महिनाैपिच्छे पोषण प्याकेज बाँड्ने कार्यक्रम चलाइरहेको जानकारीसमेत दिए।

‘हेलेन केलर इन्टरनेसनल’ को आर्थिक तथा प्राविधिक सहयोगमा स्थानीय दलित विकास मञ्चमार्फत सिरहाका १७ वटै स्थानीय तहमा यो कार्यक्रम फैलाइएको छ। हेलेन केलरका क्षेत्रीय सुपरीवेक्षक अमितराज साहले जिल्लाभरको लक्ष्यबारे जानकारी दिँदै भने, “सिरहामा हामीले करिब ६० हजार बालबालिका र १४ हजार गर्भवती महिलाको पोषण अवस्था जाँच्ने लक्ष्य राखेका छौँ। समुदायमै पुगेर गरिने यो मूल्याङ्कनले कुपोषणको वास्तविक अवस्था बाहिर ल्याउनेछ।”

साहका अनुसार नेपालमा कुपोषणको अवस्था पत्ता लगाउन हरेक पाँच वर्षको फरकमा स्वास्थ्य सर्वेक्षण हुँदै आएको भए पनि सन् २०२२ यता राष्ट्रियस्तरको अध्ययन हुन सकेको छैन।

दलित विकास मञ्चका कार्यकारी निर्देशक सञ्जय महराले अभियानका लागि जिल्लाभरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आवश्यक तालिम दिइसकेको जानकारी दिए। उनका अनुसार टोलीले टोलटोलमा पुगेर बालबालिकाको तौल, उचाइ र पोषण अवस्था जाँच्नेछन् र अवस्था जटिल देखिएमा तुरुन्तै उपचारका लागि उपचार केन्द्रमा पठाउनेछन्।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार