मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा

उज्यालो प्रतिनिधि १५ बैशाख २०८३, मंगलवार समाचार
मुस्ताङ, यहाँको प्रदेश अस्पताल जोमसोममा पछिल्ला चार आर्थिक वर्षमा १८८ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । सेवा थालनी भएको पहिलो आवमा ३८, दोस्रो आवमा ४२ , तेस्रो आवमा ६६ र चालु आवको गतचैत महिनासम्ममा ४२ जनाले गर्भपतन सेवा लिएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले जानकारी दिए ।
प्रदेश अस्पताल जोमसोम मात्र सुरक्षित गर्भपतन सेवाका लागि सूचिकृत भएको छ भने दुई चिकित्सकसहित पाँच  स्वाथ्यकर्मीले सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन तालिम प्राप्त गरेका छन् ।
यहाँ सरकारी अस्पतालमा मात्र सुरक्षित गर्भपतन सेवा सीमित छ । सुपरिटेन्डेन्ट डा समीक्षा कँडेलले भने,“ अस्पतालमा १२ हप्ता अर्थात् तीन महिनासम्मका गर्भवतीको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ र सो अवधिभन्दा माथिलाई उपल्लो निकायमा प्रेषण गर्ने गरेको छ । ”
अस्पतालमा ‘मिफेप्रिस्टोन’ र ‘मिसोप्रोस्टोल’ नामक औषधिको प्रयोगद्वारा  गरिने सुरक्षित गर्भपतन सेवा (एमए) तथा औजार सहित अन्य प्रक्रियाका माध्यमबाट सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको डा कँडेलले बताए । १२ हप्तासम्मको गर्भपतनलाई ‘म्यानुअल भ्याकुम एस्पिरेसन (एमभिए)’ विधिमार्फत तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा औजारका माध्यमबाट गरिन्छ । १३ देखि १८ हप्तासम्म गर्भलाई  ‘कम्प्रिहेन्सिब इमरजेन्सी अब्सटेटिक नियोनेटल कियर’ सुविधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा डाइलेटेसन एन्ड इभ्याकुएसन (डिएन्ड) गरिन्छ ।
औषधि विधि (एमए) बाट गरिने गर्भपतन सेवा प्रभावकारी रहेको छ ।  सुरक्षित गर्भपतन सेवाका बारेमा अझै जानकारी छैन । सेवा लिनसमेत अझै हिचकिचाउने प्रवृत्ति रहेको जनाइएको छ ।  मुस्ताङका हालसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन स्वास्थ्य संस्था दर्ता नभएको बताइएको छ । ‘गर्भपतन सेवा लिन सूचीकृत स्वास्थ्य संस्थामै जानुपर्छ’ र ‘गर्भपतनका लागि अनधिकृत औषधि स्वास्थ्यकर्मीका सल्लाह विना सेवन गरिनु हँदैन’ भन्ने  चेतनाका अभाव यहाँ पनि रहेको बताइएको छ ।
प्रसूति शल्यक्रिया सेवा सञ्चालन
अस्पतालमा उपलब्ध  बर्थिङ सेन्टर, प्रसूति शल्यक्रिया सेवा र आवश्यक दक्ष जनशक्तिको व्यवस्थापन जोड दिएसँगै प्रसूति शल्यक्रिया सेवा प्रभावकारी बन्दै गएको छ  । आर्थिक वर्ष २०७९/८० देखि चालु आव २०८२/८३ को चैत महिनासम्म १०४  महिलाहरुले प्रसूति सेवा प्राप्त लिए छन् । ती समध्ये १५ महिलाहरुले शल्यक्रियामार्फत प्रसूति गराएका थिए ।  पछिल्लो चार आबमा अस्पतालबाट प्रसूति सेवा लिन आएकामध्ये  ८९ जनाले सामान्य प्रसूति सेवामार्फत नवजात शिशु जन्माएका हुन् ।
अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति सेवा उपलब्ध हुन थालेपछि जिल्लामा न्युन आय भएका गरिब तथा विपन्नस्तरको महिलालाई राहत पु¥याएको छ । पछिल्लो केही वर्षयता अस्पतालमा शल्यक्रिया उपकरण तथा एमडिजिपी चिकित्सकको व्यवस्थापन भएसँगै अस्पतालको शल्यक्रियाबाट प्रसूति गराउने सेवा प्रभावकारी बनेको हो ।
प्रसूति हुन नसकेका गम्भीर अवस्थाका महिला र अन्यलाई आपत्कालीन सेवा २४ सैँ घण्टा अस्पतालले प्रवाह गरेको छ । यसअघि प्रसूति सेवा लिने आएका बिरामीलाई सामान्य प्रसूति मात्र गराउने सेवा रहेको हुँदा ठूलो आर्थिक भार खेप्दै सुगमका अस्पतालमा प्रेषण गर्नुपर्ने अवस्था रहेको थियो । पछिल्लो समय अस्पतालले क्रिटिकल अवस्थामा पुगेका महिलाहरुको सफलतापूर्वक शल्यक्रियाद्वारा प्रसूति गराइएको अस्पतालको भनाइ छ ।
चालु आवको नौ महिनामा प्रादेशिक अस्पतालबाट ओपिडी सेवा र आपत्कालन (इमर्जेन्सी) सेवा गरी सात हजार २१९ जनाले सेवा लिएका छन् । यसअन्तर्गत ओपीडी सेवा पाँच हजार ३१७ र र आपत्कालीन  सेवा एक हजार ९१२ जनाले प्राप्त गरेका छन् ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार