सहकारीबाट समृद्धि पर्खिरहेका ग्रामीण समुदाय

शिवु खनाल २८ बैशाख २०८२, आईतवार मुख्य नेटवर्क

शिवु खनाल, देउखुरी। सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीय संरचनाका खाका तय गरेको नेपाल सरकारले सहकारीलाई एउटा पाटोको स्वीकार गरेको छ । सहकारीकर्मीका अभिभारा देश समृद्ध बनाउने अभियान नै हो । यो र यस्तै खाका कोरेका हामी र हाम्रा सपना कहिले पुरा हुने हुन् भन्ने झिनो समृद्धिका आशाका साथ हामी अभियान कर्ताहरुलाई पर्खिबसेका छन् समुदायहरु । कुनै न कुनै माध्यमबाट समृद्ध नेपाल र सुखि नेपालीका सपना सजाएर ग्रामीण समुदाय हामीलाई नियालिरहेका छन् । बैंक तथा बीत्तिय संघ÷संस्थाहरुको उपस्थिती नै ग्रामीण समुदायमा छैनन । बचत गर्नुपर्दछ र यसले जीवनमा महत्वपूर्ण योगदान गर्दछ भन्ने सिकाइको पखाईमा बसेका हाम्रा आम नागरिकहरुलाई सहकारी अभियान सहर केन्द्रित गरेका सहकारीकर्मी तथा अभियानकर्ता जो सुकैले पनि ध्यान पुर्याउन जरुरी देखिन्छ । सहकारीले मुलुकको आर्थिक विकाससँगै नेतृत्व विकासमा समेत योगदान गरेको बताइएको छ । गढवामा रहेको आयम बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा सहभागीहरुले सहकारीको सहकार्यले देशको आर्थिक विकासँगै देशको जीडीपीमा समेत सहकारीको ठुलो योगदान रहेको बताएका हुन् । नवनिर्मित भवनको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् प्रदेश सभा सदस्य इन्द्रजित थारुले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै सदस्य थारुले आर्थिक सहभागिता र स्वायत्तता र स्वतन्त्रता शिक्षा, तालिम र सूचना सहकारी बीचको सहकार्यमा जोड दिनुभयो । उहाँले सहकारीमा महिलाको सहकार्यले नेतृत्व विकासँगै ग्रामीण क्षेत्रको समेत विकास योगदान पु¥याएकोमा जोड दिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि थारुले सहकारीको सहकार्यले देशको आर्थिक विकाससँग देशको दियो विकासमा ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री समेत रहनु भएको थारुले मुलुकको आर्थिक समृद्धिको आधार सहकारी क्षेत्र रहेको बताउनुहुदैँ, सहकारी संस्थाले अर्थतन्त्रमा योगदान पु¥याएको दाबी गर्नुभयो । सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य प्राप्तिका लागि सहकारी संस्थाले सघाउने बताउनुभयो । ‘देशको विकासका लागि सहकारीहरुले आफ्ना सदस्यहरुलाई समृद्धिको मार्गमा डो¥याउनु पर्छ, पूर्व मन्त्री थारुले भन्नुभयो,–। ‘अािर्थक समृद्धिको वैज्ञानिक आधार सहकारी हुन् । मुलुकका लागि अब आर्थिक समृद्धि र विकास चाहिएको छ ।’ ‘सामूहिक विकासका लागि भूमिका खेल्न सक्ने संस्था सहकारी हो, उहाँले भन्नुभयो,–। ‘सहकारीको स्रोतलाई उत्पादनमा लगाउनु पर्छ ।’
नेपालका सहकारीमा स्रोतको भन्दा पनि सोंचको कमी भएको मैले महशुस गरेको छु । लगानी वृद्धि गर्न सहकारी ऐन र नियमावलीले सघाउने छ ।’ ‘अहिले पछिल्लो पटक आएका सहकारी ऐन र नियमावलीबाट सहकारीका साथी धेरै नै डराएजस्तो लाग्यो । सहकारी ऐन सुधार भएर आउँछ ।’ यता गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेल (विश्वास)ले ग्रामीण भेगमा जीविकोपार्जन तथा स्वरोजगारमा सहकारीले योगदान पु¥याएको बताउनुभयो । उहाँले सहकारीको संरक्षणका लागि लुम्बिनी प्रदेश सरकारले विशेष योजना ल्याउनुपर्ने बताउनुहुदैँ, त्यसको लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनुभयो ।

आयम बहुउद्देश्यीय सहकारी संस्थाको आफ्नै भवन

गढवामा रहेको आयम बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ स्थित नवनिर्मित भवनको लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले उद्घाटन गर्नुभएको हो । उद्घाटनसँगै सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको छ । सुविधा सम्पन्न भवन निर्माणमा करिब २८ लाख रुपैयाँ खर्च भएको सहकारीका ओमप्रकाश बसेलले जानकारी दिनुभयो । एक कट्ठा भन्दा बढी जग्गामा सहकारीले नयाँ भवन निर्माण गरेको हो । छकोठे सुविधा सम्पन्न पक्की भवन बनेपछि सेवा प्रदानमा सहज भएको अध्यक्ष बसेलले जानकारी दिनुभयो । उहाँले ग्रामीण क्षेत्रबाट बचत संकलन गरी ग्रामीण क्षेत्रमै सहकारी सञ्चालन गर्न चुनौतिपूर्ण भएता पनि आफ्नै संस्थाबाट अधिकतम् आर्थिक कारोवार गरी यसलाई अगाडि बढाउँदै लैजाने संस्थाका अध्यक्ष ओमप्रकाश बसेलले बताउनुभयो ।सदस्यहरुको मागलाई ध्यानमा राख्दै संस्थाले निकट भविष्यमा नै सहकारी पसल सञ्चालनमा ल्याउने र सदस्यहरुले बजारमा पाउने सुविधा अब गाउँमै सहकारीको माध्यमबाट उपलब्ध गराउने योजना रहेको अध्यक्ष बसेलले जानकारी दिनुभयो । गरिबीका रेखामुनी रहेका मजदुर, किसान, विपन्न तथा साना व्यवसायीको छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास भएको अध्यक्ष बसेलले बताउनुभयो ।

आयम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश बसेलको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवम् प्रदेशसभा सदस्य इन्द्रजित थारूको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा चेतनसिल समाज केन्द्र गढवाका अध्यक्ष सकुन्तला डिसि, गढवा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मधा न्यौपाने, सहकारी संजाल गढवा अध्यक्ष बेगम गहतराज लगायतले बोल्नु भएको थियोे । आयम बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक सहकारी सिता नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव श्यामबहादुर चौधरीले गर्नुभएको थियोे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार