शिवु खनाल, देउखुरी। लमही नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोगमा संचालन भएको सिपमुलक तालिममा सहभागी लमही नगरपालिका वडा नम्बर ९ हर्दवा निवासी तुसली वली गिरी गाउँमा साबुन र सर्फ बनाउने उपकरण थप गरी व्यवसाय सुरु गर्ने योजनामा छन। सातदिने साबुन र सर्फ बनाउने तालिममा सहभागी भइ तालिम लिए पश्चात् गाउँमै उद्यम गर्ने योजनामा रहेको बताए । साबुन र सर्फ बनाउने सीप सिकेका उनले एक उदाहरणीय उद्यमीका रूपमा परिचित भइ गाउँमै साबुन र सर्फ बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गर्ने बताए । उनले सीप सिक्नु अघि स्थानिय सरकारसंग उद्यमी बन्न आफुले सहयोग मागेको समेत बताए । उनले भने, वडाध्यक्षसँग सहयोग माग्न जाँदा उनले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । वडाको सहयोगमा आयोजना गरेको साबुन र सर्फ बनाउने तालिममा लैजानु भएपछि मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । अव उद्यम गर्ने योजना बनाएको छु ।’ उनले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न तालिममा सहभागी अन्य महिलाहरुलाई समेत आग्रह गरे। यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले उद्यममा युवायुवतीलाई जोड्न आवश्यक रहेको बताए । उनले उद्यमी बन्ने योजना भएकालाई स्थानिय सरकारले रणनीति बनाएर प्रोत्साहन गरिरहेको खुसि व्यक्त गरे ।
विपन्न समुदायका महिलाहरुलाई उद्यमी बनाउन साबुन र सर्फ बनाउने तालिम दिइएको छ । लमही नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले वडाभित्रका ३० जना महिलालाई सीप विकास तालिम दिएको हो । तालिममा सहभागी महिलाहरुलाई विभिन्न प्रकारका साबुन र सर्फ बनाउन सिकाइएको छ । तालिम सकिएलगत्तै आयआर्जनको बाटो समात्न सक्ने गरी महिलालाई साबुन र सर्फ बनाउन सिकाइएको छ । ‘सीप सिकाएर चटक्कै छोड्न यो कार्यक्रम गरेका होइनौँ, लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले भने –। ‘तपाईंहरु उद्यमी बन्नुहोस्, हामी फेरि सहयोग गर्न तयार छौँ । तपाईहरुले उत्पादन गरेको सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्छ ।’ लमही नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोग एवम् कर्मठ सामाजिक उद्यमी महिला सहकारीको अयोजनामा वडा अन्तरगत रहेका महिलालाई साबुन तथा सरफ बनाउने तालिम दिएको हो । वडाको वार्षिक कार्यक्रमअनुसार वडा अन्तरगत रहेका तीसजना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले सो तालिम आयोजना गरिएको लमही नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले बताए ।
सात दिनसम्म सञ्चालन हुने तालिम पश्चात् आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष केसीले बताउदै सीप सिकेपछि परिवारको अर्थोपार्जनका लागि टेवा पुगोस् भन्ने हेतुले आत्मनिर्भर तालिम आयोजना गरिने गरेको उनको भनाइ छ । सीप विकासमार्फत विपन्न समुदायका महिलाहरुको जीवनस्तर उकास्न तालिम आयोजना गरेको वडाध्यक्ष केसीले बताए । उनले महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि वडा कार्यालयले सहजीकरण गर्ने बताए । स्थानीय सरकार रहेको अनुभूति हुने गरी महिलाहरुलाई स्वरोजगार बनाउन तालिम आयोजना गरेको भन्दै सिकेको सीपलाई आयआर्जनको आधार बनाउन आग्रह गरे । त्यसैगरी लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीदे लक्षित वर्गमा महिला दिदी–बहिनीहरुलाई उल्लेखित प्रकृतिका तालिमहरुको माध्यमबाट स्वरोजगारको वातावरण सिर्जना गरी विपन्न एवं पिछडिएका महिलाहरुको आत्मनिर्भर क्षमता विकास गर्दै लगिने बताए । उनलेअल्पकालिन तालिमहरु ग्रामिण समुदायका राज्यको श्रोत र साधाको उपभोगबाट बञ्चित वर्गसम्म पु¥याइ संचालन गरिने बताए ।
उनले भने । ‘लक्षित वर्गहरु (विशेष गरी दलित, जनजाती, विपन्न, एवं पिछडिएका महिला, शहिदका परिवार पुन स्र्थापित, जनआन्दोलनका घाईते) को लागि प्राथमिकता दिइ विशेष सीप विकास तालिम संचालन गर्दै लगिने छ । विशेषसीप रोजगार अवसर उपलब्ध गर्राई युवा वर्गको आय–आर्जनको दायरा विस्तार तथा क्षमता विकास गर्दै लगिनेछ ।’ यता लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले व्यावसायिक एवं सीपमूलक तालिम लिई स्वरोजगार (व्यवसाय) को लागि क्रियाशिल महिला दिदी बहिनी तथा युवावर्गहरुलाई लक्षित गरी उद्ययमशिलता तालिम पनि संचालन गर्दै लगिने बताए । उनले भने ,–। ‘तालिमको माध्यमबाट जीवनयापनको गोरेटोमा अन्योलमा रहेका महिला दिदी, बहिनी तथा युवावर्गमा आशातित मार्गहरु प्रशस्त गर्ने कार्यमा टेवा पु¥याउने छ भने पेशा व्यवसायमा लागिसकेका वर्गलाई अझ उत्साहप्रदरुपमा मनोवल विकास भई पेशा व्यवसायको स्तरवृद्धिमा परिणाममुखी प्रतिफल प्राप्त हुनेछ ।’ स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने अधिकृत देवकोटाको भनाइ छ । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनले बताए ।






