शिवु खनाल,देउखुरी । नेपाली सेना देशको सुरक्षा संयन्त्रको एउटा मुख्य अंग हो । सेना युद्धका लागि मात्रै होइन पछिल्ला समय देशमा आइपर्ने जस्तासुकै विपद्का घटनामा पनि जनताको मुख्य सारथी बन्दै आइरहेको छ । नेपाली सेनाले भूकम्प तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका महामारी, बाढीपहिरोजस्ता प्राकृतिक विपद्, आगलागी, विमान दुर्घटना तथा हवाई उद्धारजस्ता घटनामा पनि आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ । नेपालको संविधानको भाग २८ को धारा २६७ को उपधारा (४) ले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिबद्ध संगठन मानेको छ । त्यस्तै, संविधानले नै सेनालाई सरकारले संघीय कानुनबमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्ने अधिकार दिएको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले प्राकृतिक प्रकोप, दुर्घटना, आगलागी जस्ता विपदका घटनामा नेपाली सेनाले उद्धार, खोज तथा राहत वितरणको कामलाई प्रभाकारी रूपमा गर्दै आइरहेको बताए । उनले विपद्का घटनाहरूको सामना गर्न सेनाले एउटा गणको नै स्थापना गरेर तालिम प्राप्त सैन्य जनशक्तिलाई तयारी अवस्थामा राखेकोको प्रति खुसि व्यक्त गरे ।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले नेपाली सेनाले संविधानलेनै दिएको अधिकारलाई सदुपयोग गर्दै सेनाले विकास निर्माण र विपद्मा आफूलाई देश र जनताप्रति जिम्मेवार देखाउँदै आइरहेको प्रति प्रसंसा गरे । उनले भने, ‘विकराल अवस्थामा सेनाले देखाएको तत्परता ‘स्यालुट’योग्य छ ।’ मंगलवार रणसिंहदल गण लमहीमा निर्माण भएको सुरक्षा गुल्म नवनिर्मित भवनको उद्घाटन तथा कदर पत्र वितरण कार्यक्रममा नगर प्रमुख चौधरीले यस्तो बताएका हुन् । रणसिंहदल गणका गणपति प्रमुख सेनानी जरेश भक्तको समन्वय तथा तत्कालिन गुल्मपति सेनानी दिपक बुढाथोकीको सक्रियतामा कोत घर एक, अधिकृत निवासी तिनकोठा, पदिक लाइन एक र २० बडे क्षमता भएको विपद् सामाग्री स्टोर एक, २८ बेड क्षमताको जवान लाइन दुई र मुल गेट निर्माण कार्य सम्पन्न भएको हो । नं. १९ बाहिनि अड्डाका बाहिनिपति सहायक रथी पदम बहादुर बुढाले एक कार्यक्रमका बिच नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नं. १९ बाहिनि अड्डाका बाहिनिपति सहायक रथी पदम बहादुर बुढाले विपदमा खट्नका लागि दक्ष जनशक्ति भए पनि सीमित स्रोत साधानका आधारमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्दै आइरहेको बताए।
उनले भने ‘सेनाले सधैं आफूलाई देश र जनताप्रति समर्पित गर्दै अघि बढेको छ । सेना सधैं देश र जनताप्रति जिम्मेवार छ । सेनाको सिंगो संरचना नै भइपरी आउने जुनसुकै अवस्थाका लागि तयार रहन्छ ।’ नेपाली सेनाले आगलागी नियन्त्रण, भूकम्प जस्ता प्रकोपका बेला भग्नावशेषबाट उद्धार, सडक दुर्घटना, गहिरो खोच तथा गल्छीमा खसेका व्यक्तिको उद्धार गर्ने, नदी, तालमा फसेका व्यक्ति तथा हराएका वस्तुको खोज गर्नेलगायतको तालिम लिएका छन् ।
अजम्मरी सा.ब.उ.स.का अध्यक्ष रिजाल सहित सातजना सम्मानित
रणसिंहदल गण लमहीमा निर्माण भएको सुरक्षा गुल्म नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा विभिन्न विधामा सहयोग पु¥याएको भन्दै अजम्मरी सामुदायिक वन उपभोक्ता समूह सहित देउखुरी क्षेत्रमा रहेका चार स्थानिय तह र तीनवटा सामुदायिक वनलाई कदर पत्रले सम्मानित गरिएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहले विपद् प्रतिकार्य तथा तयारीमा भएको समन्वय सहकार्य एवम् भौतिक संरचनाहरुको निर्माण कार्यमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै हार्दिक कृतज्ञता व्यक्त सहितको कदरपत्रले सम्मानित गरिएको हो । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाललाई कदरपत्र सम्मानित गर्दै प्रदान गरिएको छ । त्यसैगरी भवन निर्माणमा प्रत्येक्ष रुपमा पु¥याउनु भएको सहयोगको उच्च मुल्याङ्कन गर्दै, लमही नगरपालिकाका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, गढवा गाउँपालिका, अजम्मरी सामुदायिक वन उपभोक्ता समूह, कर्री सामुदायिक वन उपभोक्ता समूह र वनघुस्री कर्री सामुदायिक वन उपभोक्ता समूहलाई नं. १९ बाहिनि अड्डाका बाहिनिपति सहायक रथी पदम बहादुर बुढाले कदरपत्रले सम्मानित गर्नुभएको हो । कार्यक्रमको सहजिकरण रणसिंहदल गण लमहीका उप–सेनानी रेञ्जु केसीले गरेका थिए।