लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश निजामती सेवा ऐन संसोधन प्रस्ताव स्वीकृत गर्ने निर्णय

शिवु खनाल २४ भाद्र २०८१, सोमबार मुख्य नेटवर्क

देउखुरी, २४ भदौ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृती प्रदान गरेको छ ।

प्रदेश मन्त्रिपरिषदको सोमवार सम्पन्न बैठकले ऐन संसोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।
विभिन्न दफा र उपदफाहरुमा संसोधन गर्नुपर्ने आवश्यकता देखिएपछी सरकारले ऐन संसोधनको प्रस्ताव अघि बढाएको हो । २०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते सभाबाट पारित भएको थियो ।

प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणिकरण गरेपछी कार्यान्वयनमा आएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार प्रदेश सभामा ऐन संसोधनको विधेयकको प्रस्ताव दर्ता हुने छ । आगामी प्रदेश सभा बैठकमा ऐन संसोधन प्रस्ताव पेश हुने सम्भावना छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार