देउखुरी । कुनै समय थियो, जहाँ चेलीहरू तीजआउने दिनगनेर बस्थे । तीजले एउटा तरङ्ग बोकेर आउँथ्यो र जाँदा तृप्तिदिएर जान्थ्यो । यस चाडको अन्धविश्वासको एउटा पाटो त छँदै थियो, त्यसबाहेक यसले एउटा छुट्टै रौनकताल्याउँथ्यो । माइती–चेलीको सम्बन्ध, आफन्त र छरछिमेकीसँगको आत्मीयमिलन र सुख–दुुःख बाँड्ने अवसरकाकारण तीज एउटा संवेदनात्मक चाड बन्थ्यो । तर, तीजकानाममा पछिल्लो समय केही संवेदनाहीन र भड्किलागतिविधि बढ्दै गएका छन् ।
यसकारण पनितीजआलोचितभएको छ । तीज भड्किलो भयो या भएनभन्ने विषयमापनिआ–आफ्नै तर्क र दृष्टिकोण होलान् । सहमतिअसहमतिपनिहोलान् । आम रूपमा हेर्दा तीज केही भड्किलो, खर्चिलो र विसङ्गतबन्दै गइरहेको कुरालाई नकार्न मिल्दैन । यस चाडलाई आत्मीयता, सद्भाव र मेलमिलापका रूपमाभन्दापनिखाने, लाउने र सिँगारिने चाडका रूपमामात्रप्रयोग गरिएको पाइन्छ । तीजको सबैभन्दा महत्वपूर्ण र विशिष्ट पक्षभनेको गीत र सङ्गीतपक्षहो । चाडगीतका रूपमागाइने तीजकागीतपनि सस्तो मनोरञ्जन र व्यावसायिककिसिमका देखिन्छन् र यस्ता गीतअधिकांशतःविसङ्गतपक्षमा नै केन्द्रित देखिन्छन् ।
आफ्नो इच्छाअनुसार लगाउनु र खानु व्यक्तिको स्वतन्त्रताको कुरा भएपनि संस्कृतिकानाममागरिने भद्दा क्रियाकलापले यस्ता चाडको औचित्यमाथि नै प्रश्न उठाउँछ । शरीरले धान्नपनिगाह्रो हुनेगरी लगाइएकागहना, महँगा साडी, भद्दा शृङ्गार, भड्किलागीत, नाचआदिकाकारण तीज चाड सर्वसाधरण नारीको पहुँचभन्दाबाहिर पुग्ने अवस्था देखिन्छ । यस्ता गतिविधि र क्रियाकलापले तीजलाई नकारात्मकतातर्फ धकेलिरहेको छ ।
यसले समाजलाई राम्रो सन्देश दिन सकेको छैन । पार्टी प्यालेसमानिकै ठूलो तामझामसाथमनाउनथालिएको तीज र टोल नै थर्कनेगरी घन्किने गीतले न त मौलिक संस्कृतिको जगेर्ना गर्न सकेको छ न त आमनेपालीनारीको आवाजबोक्न सकेको छ । पछिल्लो समय तीजलाई हुनेखानेहरूले यसरी प्रस्तुतगरिरहेका छन् कि यो चाड भनेकै मनोरञ्जनको एउटा बहानाहो । यी सबै विसङ्गत पक्षहरूबाट टाढा रहेर आफ्ना परिवार, आफन्तहरूसँग बसी सद्भाव र प्रेम साटासाट गर्ने एउटा राम्रो अवसरका रूपमातीजलाई लिने हो भने मात्रआजको सन्दर्भमातीजको औचित्य र महत्व रहनेछ ।
सोमबार लमहीनगरपालिका वडा नम्बर ९ रिहारमातीजमिलनकार्यक्रम सम्पन्नभएको छ । लमहीनगरपालिका वडा नम्बर ९ को वडा कार्यालयको आर्थिक सहयोग तथाकर्मठ सामाजिकउद्यमीमहिला सहकारी संस्थाको आयोजनामातीजमिलनकार्यक्रम सम्पन्नभएको हो । यतालमहीनगरपालिकाउपप्रमुखलक्ष्मी योगीले हरेक जनजातिले आफ्नो पहिरन, भाषा, धर्म, नाचगान र चाडपर्वलाई जीवन्ततादिनुपर्ने कुराामाजोड दिनुभयो । उहाँले चाडपर्व मानेर निरन्तरतादिनुपर्ने र त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो ।अहिले तीजपर्व हाम्रो घर आँगनमापुगेको छ । तीजको आफ्नै महिमा छ, मूल्य र मान्यता छ । यसलाई संरक्षण गरेर जीवन्तता दिनुपर्छ । तर, अचेल चाडपर्व र नाचगानमाविकृतिभित्रिएको छ, उहाँले भन्नुभयो,–।‘चाडपर्वलाई भड्किलो र खर्चिलो बनाइएको छ ।हो, संस्कृति मनाउनुपर्छ तर, विकृतिनिम्त्याउनु हुँदैन ।’‘यो तीजपर्वमापनिविकृतिभित्रिएको छ । महिनादिनदेखि नै तीजको नाउँमाहोटेल, रेष्टुराँ या त्यस्तै अन्य स्थानमानाचगानगरिरहेको हुन्छ । महिनादिनदेखि नाचगानगर्नु ठीक या बेठीक ।’
लमहीनगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भेषबहादुर केसी (रमेश)ले तीजको मौलिकताजोगाउनुपर्ने बताउनु भएको छ । सोमबार कर्मठ उद्यमीमहिला सहकारी संस्थाले आयोजना गरेको तिजमिलनतथा दर खाने कार्यक्रममाउहाँले परम्परादेखि रहीआएको तीजको महत्व र गरिमा घट्न दिननहुने बताउनुभयो । ‘तीजमा टिकटक बनाएर रमाइलो गर्नुभन्दामहिलाको वेदना र भावनाको चर्चा गर्नुपर्छ, उहाँले भन्नुभयो,–। ‘यसले महिलाका वेदनाबोकेको मौलिकतीज हराउनबाट जोगाउन सकिन्छ।’त्यसैगरी कर्मठ सामाजिकउद्यमीमहिलासहकारी संस्थाकाअध्यक्ष देविमायाथापाले हामीले हाम्रो चाडपर्वको मौलिकताजोगाउनुपर्छ या विकृतिभित्र्याउनु हुँदैनभन्ने कुरामाजोड दिनुभयो । उहाँले मूल्य र मान्यता छोडेर पर्व मनाइएमातीपर्वहरूको मूल्यनयाँ पुस्ताले थाहाहुँदैन । यसकारणले पनि चाडपर्व मनाउनुपर्छ, तर विकृति फैलाउनु हुँदैन, भन्नुभयो ।