अविरल वर्षाले देउखुरी उपत्यकाको जनजीवन प्रभावित

शिवु खनाल २३ असार २०८१, शनिबार मुख्य नेटवर्क

देउखुरीनिरन्तरको वर्षाले नदी र खोलानालाहरुमा बाढी आउँदा एकजनाको मृत्यु भएको छ । चारजनालाई सकुशल उद्दार गरिएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका निवासी छेदुराम चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालीका कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित गंगदीखोला तर्ने क्रममा आएको बाढीले रा१त ४८६ नम्बरको टेक्टर पल्टाउदा चौधरीको मृत्यु भएको हो । त्यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ५ कोरियाखोला स्थित आप टिप्न भनिगएका टापुमा फसेका राजपुर गाउँपालिका वडा नम्बर ५ निवासी अन्दाजी ५१ वर्षीय दत्तत्री हरिजन र उनका १६ वर्षीय नाति सुरज हरिजनलाई चङ्गुवा प्रहरी चौकीले सकुशल उद्दार गरिएको जानकारी दिनुभयो ।

यस्तै दूध बिक्री गरी घर फर्कने क्रममा शनिबार विहान करिब साढे ९ बजे हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा नम्बर २ बेला निवासी ४८ वर्षिय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोलाबाट खटिएको टोलीले सकुशल उद्दार गरेको छ । दूध बिक्री गरी घर फर्कदै गरेका दुईजना नदीको दोभानमा फसकेका थिए ।

राप्ती नदीमा पानीको बहाब बढेपछि फसेका दुई जनालाई सकुशल उद्दार गरेको छ । त्यस्तै दाङको लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर स्थित अर्जुन खोलाको किनारमा फसेका ३३ वर्षका गोरे क्षेत्रीलाई पनि सशस्त्र प्रहरीले उद्दार गरेको छ । यता इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले राप्ती नदीम आएको बाढीले दुईजना बेपत्ता भएको जानकारी दिनुभयो ।

बेपत्ता हुनेमा लमही नगरपालिका वडा नम्बर ७ हस्नापुर घाटबाट राजपुर गाउँपालिका वडा २ बेला निवासी १८ वर्षीय राजकुमार यादव र लमही नगरपालिका वडा नम्बर ७ नयाँबस्ती निवासी मनियम चौधरी लमही नगरपालिका वडा नम्बर ८ बगरापुरबाट दिउँसो दुई ३० बजेदेखि बेपत्ता हुनुभएको हो । प्रहरीका अनुसार बेपत्ता दुबैजनाको खोजी कार्य भइरहेको छ । देउखुरी उपत्यकाका बस्तीहरु डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राप्ती गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका छन् । राप्तीमा लगातार अविरल वर्षाले राप्ती नदीमा आएको बाढीले देउखुरी क्षेत्रमा एकहजार भन्दा घर डुबानमा परेका छन् ।

लमहीको सा.वि.क सोनपुर, चैलाही र सतवरिया गा.वि.स पूर्णरुपमा डुबानमा परेको लमही नगरपालिका नगर प्रमुख जोगरा चौधरीले जानकारी दिनुभयो । राप्ती नदीको बहाव बढिरहेको र बस्तीहरु जोखिममा परिरहेको लमही नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिनुभयो । कतै कुनै समस्या भएमा तत्काल खबर गर्न सबै नागरिकलाई सार्वजनिक आह्वान गरी सतर्क बनाइएको उहाँले बताउनुभयो । त्यसैगरी गढवा, राप्ती र राजपुर गाउँपालिकाका विभिन्न क्षेत्र राप्ती नदीमा आएको बाढीका कारणले डुबानमा परि घर बिहिन भएका छन् ।

देउखुरी क्षेत्र अहिले जलमग्न भएको छ । घरहर डुबानमा परेपछि राप्ती नदीको टतिय क्षेत्रमा बसोबास गर्ने स्थानियवासीको बिचल्ली भएको छ । लमही नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले नगर क्षेत्रका सबै वडा बाढीले जलमग्न भएका जानकारी दिनुभयो । बाढी बस्तीमा पसेपछि एकहजार भन्दा बढी घर डुबानमा परेका उहाँले बताउनुभयो । हरेक वर्ष बाढी आउने देउखुरीमा सबै स्थानिय तह डुबानमा परेपछि पालिकालाई उद्वारमासमेत समस्या हुने गरेको छ । देउखुरी क्षेत्र राप्ती नदीको चपेटामा पर्ने गर्दछ । बाढी घरमा पसेपछि स्थानीय सडकमा बसेका छन् । यसैगरी लगातारको वर्षापछि देउखुरी क्षेत्रका बाढीको उच्च जोखिम रहेका घरपरिवार र सरसामानलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेकोे प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार