यस्तो छ तपाईको राशिफल

उज्यालो प्रतिनिधि १७ जेष्ठ २०८१, बिहीबार आजको राशिफल

मेष : आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ।

वृष :राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

मिथुन : समयको मागअनुसार चल्न नसक्दा व्यवहारमा पछि परिनेछ। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

कर्कट : परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ।

सिंह : समय राम्रो छ। परिवारसँगको सहकार्यले योजना सफल हुनेछन्। श्रम र लगानी भएमा शिक्षाको क्षेत्रमा उत्साह मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

कन्या : दिन राम्रो छ। भौतिक सुख र सुविधामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट प्रतिफल राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा गरेको लगानीबाट सुधारका सकारात्मक संकेत देखिने छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षाको क्षेत्रमा उत्साह बढ्नेछ। समाजमा सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ। खानपानमा भने विशेष ख्याल गर्नुपर्ने देखिन्छ।

वृश्चिक : चुनौतीको सामना गर्नुपर्ने समय आएको छ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। पश्चिमको यात्रा नगर्नु राम्रो हुन्छ। दुई पांग्रे सवारी साधनमा यात्रा गर्दा सचेत हुनुपर्ने देखिन्छ।

धनु : सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।

मकर : धन बढाउने दिन छ। व्यापारमा नाफा हुनेछ। आज शुभकार्यमा सहभागिता जनाइनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : पहिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ। विभिन्न अवसर पनि आउनेछन्। तर आलस्य गर्दा पछि परिनेछ। खानपान र भेटघाटको अलमलले काममा बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ।

मीन : भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। यात्रा गर्दा दु:पाइनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार