यस्तो छ तपाईको राशिफल

उज्यालो प्रतिनिधि ५ जेष्ठ २०८१, शनिबार आजको राशिफल

मेष :अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ।

वृष : अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। गुरुजनकाे साथ–सहयाेग जुट्नेछ। शैक्षिक प्रतिस्पर्धामा अग्रस्थान हासिल हुनेछ।

मिथुन : साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ।

कर्कट : कुरा काट्नेहरु सक्रिय छन्। परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ।

सिंह : सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ।

कन्या : समय राम्रो छ। आम्दानी बढ्नेछ। मनमा हुने बेचैनीले तनाव बढ्नेछ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ र वैदेशिक क्षेत्रमा गरेको लगानीमा फाइदा हुनेछ। परिवारको सहयोग मिल्नेछ।

तुला : खर्च बढ्ने योग छ। शिक्षामा कमजोरी हुनसक्छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक मेलमिलाप सन्तोषजनक रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : आम्दानी बढ्नेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्यमा समस्या हुने दिन छ। कम बोल्नु राम्रो हुनेछ।

धनु : समय राम्रो छ। दीर्घकालीन योजना बनाएको राम्रो हुन्छ। सामाजिक क्षेत्रमा नाम, व्यापारमा दाम र स्वास्थ्यमा आराम हुने दिन छ। पारिवारिक सम्बन्ध सन्तोषजनक रहनेछ। बोलीले मित्रसँगको सम्बन्धमा खटपट आउनेछ।

मकर : आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कुम्भ : महत्तवपूर्ण काम गर्नु अगाडि विज्ञसँग सुझाव लिनु राम्रो हुनेछ। परिवारको सल्लाहमा अघि बढ्दा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। व्यवहार गर्दा भने सचेत हुनुपर्ने देखिन्छ।

मीन : चुनौतीको सामना गर्नुपर्नेछ। सफलता मिल्नेछ। सबै क्षेत्रमा गरेको लगानीबाट सामान्य लाभ मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुनेछ। नसोचेका व्यक्तिबाट सहयोग मिल्नेछ। परिवारको साथ रहनेछ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार