नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

उज्यालो प्रतिनिधि २२ फाल्गुन २०८०, मंगलवार खेल

काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको मंगलबार जारी फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई जितका लागि एक सय ८५ रनको लक्ष्य दिएको छ ।त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ८४ रन जोड्यो।

नेपालका आसिफ शेख ४७, गुल्सन झा ३४, कुशल मल्ल २६, रोहित पौडेल २५ र कुशल भुर्तेल २० रन बनाएर आउट भए। दीपेन्द्रसिंह ऐरीले एक रन मात्र जोड्न सके। आरिफ शेखले खाता खोल्न सकेनन्।पहिलो विकेटका लागि कुशल भुर्तेलसँग २३ रनको साझेदारी गरेका आसिफले दोस्रो विकेटका लागि रोहित पौडेलसँग ५९ र गुल्सन झासँग तेस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे।

गुल्सन र कुशल मल्लबीच पाँचौँ विकेटका लागि ३० रनको साझेदारी भयो। १७ ओभरको समाप्तिमा ४ विकेट गुमाएर एक सय ५८ रन जोडेको नेपालको त्यसपछि १० रनको अन्तरमा ४ विकेट गुमेपछि रनको गति घटेको थियो।नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २र२ विकेट हात पारे।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार