नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

उज्यालो प्रतिनिधि १८ फाल्गुन २०८०, शुक्रबार खेल

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपाललले नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान नामिबियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

लगातार दुई खेलमा रोयल डक आउट र डक आउट भएका भुर्तेललाई नामिबियाविरुद्ध नेपालले बेन्चमा राखिएको छ । भुर्तेलसँगै ललित राजवंशी र सन्दीप जोरा पनि बाहिर छन् । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् ।पहिलो खेलमा नेपाललाई हराएको नामिबिया उच्च मनोबलका साथ मैदान उत्रिएको। नेपाल भने पहिलो जितको खोजीमा छ ।

 

नेपालले जारी सिरिजमा लगातार दुई खेलमा पराजय बेहोरेको छ । दुई खेलमा पराजित नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ ।सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।सिरिजमा दुई खेल खेलिसकेको नामिबिया बिहीबार भने नेदरल्याण्ड्स पराजित भएको थियो ।नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नामिबिया २ अङ्कसहित दोस्रो स्थानमा छ । २ वटै खेल हारेको नेपाल पुछारमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार