काठमाडौं। टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले लगातार दोस्रो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको हो । २४८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा मात्र १८८ रन बनायो।
नामिबियाका लागि जान फ्राइलिङ्कले ४२ र जेन ग्रीन ४२ रनमा अविजित रहे।नेदरल्याण्ड्सका लागि टिम भान देर गुग्टेनले २ तथा भिभियन किङ्मा, फ्रेड क्लासेन, आर्यन दत्त, साइब्राण्ड एङ्गलब्रेच र रोइलोफ भान देर मर्वीले १–१ विकेट लिए।
पहिले ब्याटिङ गरेको नामिबियाले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २४७ रन बनायो। नेदरल्याण्ड्सका लागि माइकल लेभिटले शतकीय पारी खेले। उनले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १३५ रन बनाए। टी–२० मा नेदरल्याण्ड्सका लागि यो उनको पहिलो शतक हो।
साइब्राण्ड एन्गलब्रेचले अविजित ७५ रन बनाए ।नामिबियाका लागि भने रुबेन ट्रम्पलम्यानले २ तथा बेन शिकोन्गो र जान फ्राइलिङ्कले १–१ विकेट लिए।यससँगै नेदरल्याण्ड्स ४ अंकसहित तालिकको शीर्ष स्थानमा उक्लिएको छ। पराजित नामिबिया दोस्रो स्थानमा झर्दा अंकविहिन नेपाल भने पुछारमा छ।शुक्रबार नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।




