नेदरल्यान्ड्सले नामिबियालाई दियो २४८ रनको विशाल लक्ष्य

उज्यालो प्रतिनिधि १७ फाल्गुन २०८०, बिहीबार खेल

काठमाडौं– त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई २४८ रनको विशाल लक्ष्य दिएको छ।

टियु क्रीकेट मैदानमा टस जित्दै पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनायो।

नेदरल्यान्ड्सका माइकल लेभिटले उत्कृष्ट शतक प्रहार गरे। उनले ४९ बलमा शतक पूरा गरेका हुन्। उनले ६२ बलमा १३५ रन बनाए। साइब्रान्ड एंगलब्रेक्ट ७५ र तेजा निदामानुरुले १८ रनको योगदान दिए।

बलिङमा नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक २ विकेट लिए। पहिलो खेलमा दुवै टोलीले नेपाललाई हराएका थिए।

टी–२० अन्तर्राष्ट्रिय खेल अन्तर्गत टियु क्रिकेट मैदानमा आजको स्कोर अहिलेसम्मकै उच्च हो। यसअघि टी–२० खेलमा यो मैदानमा २३८ रनको उच्च स्कोर बनेको थियो।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार