केन चम्कँदा बायर्नको विजयी सुरुवात

उज्यालो प्रतिनिधि २ भाद्र २०८०, शनिबार खेल

एजेन्सी – जर्मन बुन्डेसलिगामा डेब्यु गरिरहेका फरवार्ड ह्यारी केनले उच्च प्रदर्शन गर्दा बायर्न म्युनिखले लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

वेर्डर ब्रेमेनलाई ४–० को फराकिलो अन्तरले हराउँदै लगातार ११ पटक उपाधि जितेको बायर्नले सुखद हासिल गरेको हो । बायर्नको जितमा नयाँ फरवार्ड ह्यारी केनले १ गोल र १ असिस्ट प्रदान‌ गरे ।

लेरोय सानले २ गोल गर्दा केनकै स्थानमा मैदान छिरेका म्याथिस टेलले १ गोल थपे । खेलको चौथो मिनेटमा केनले मिडफिल्डबाट दिएको उत्कृष्ट पासलाई सानेले पेनाल्टी क्षेत्र भित्र पुर्याएर फिनिस गरे ।

दोस्रो हाफमो ७० अ‍ौं मिनेटमा केनले जर्मन लिगमा पहिलो गोल गरे । अल्फोन्सो डेभिसको पास नियन्त्रणमा लिँदै उनले गोलरक्षक पाभ्लेन्कालाई बिट गरेका थिए ।

केन ८४ अ‍ौं मिनेटमा बाहिरिएपछि पनि बायर्नको आक्रमण कायम रह्यो । मुलरको पासमा सानेले फस्ट टचमा गोल गरे । इन्ज्युरी समयमा डेभिसकै पासमा टेलले पेनाल्टी क्षेत्र भित्रबाट शक्तिशाली प्रहारमार्फत ४(० को जित दिलाए ।

यससँगै बायर्नले जर्मन सुपर कपमा आरबी लाइप्जिगसँग हार बिर्साएको छ । उक्त खेलमा ३० ले‌ पराजित बायर्न यसपटक लिग उपाधि लगातार दर्जन पुर्याउने लक्ष्यमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार