काठमाडौ । चर्चित गायीका जितु लोप्चनले हिजो परेको आफ्नो जन्मदिनको अवसर पारेर आम दर्शक श्रोताहरुका लागी उपहार स्वरुप नयाँ सेलो गीत डम्फुरे दाई भिडियो सहित सार्वजनिक गरेका छ । डम्फुरे दाईको भिडियोमा माया प्रेम, मनोरञ्जन संगै समुदायको लागी थोरै भए पनि सन्देश दिन खोजेको छ । भिडियोमा प्रयोग गरिएका पोशाक, डम्फु र टुङ्ना लगायतका सामाग्रीहरुले त अझै भेषभुषा, बाध्यवादनको समेत प्रवद्धन गरेको देखिन्छ ।
तामाङ गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान ओगट्न गायीका हुन् जितु लोप्चन । विभिन्न पर्व, महोत्सव या अन्य सार्वजनिक÷सांगीतिक कार्यक्रमहरुको स्टेजका साथै दैनिक रुपमा स्टुडियो रेकर्डिङमा व्यस्त गायीका जितु लोप्चनले आफ्नै लगानीमा म्युजिक भिडियो निर्माण गरेको छ । शुक्रवार आफ्नो जन्म दिनको अवसर पारेर सार्वजनिक गरिएको सेलो गीत डम्फुरे दाई उनको आफ्नै लगानीमा बनेको भिडियो हो । गीतसंगीत÷म्युजिक भिडियोले मनोरञ्जनका साथै समुदायलाई सन्देश दिन सकिन्छ भन्ने राम्रो उदाहरण बनेको जितु लोप्चनको डम्फुरे दाई ।
शुक्रबार उनको आफ्नै युुट्युव च्यानलमार्फत सार्वजकि गरिएको उक्त गीतको भिडियोले माया प्रेमका कुरालाई कलात्मक ढंगले मनोरञ्जनको साथै डम्फु र टुङ्नासंग जोडिएको देखिन्छ । अझ म्युजिक भिडियोको अग्र भागमा जोडिएको छोटो संवाद र दृश्यले डम्फु के हो, यस्ले कस्ता खालका गीतहरु गाउंछन् भन्ने बिषयलाई छोटोमा प्रस्ट्याएको छ । तामाङ समुदायका कत्तिपयले डम्फु भन्ने बित्तिकै संस्कार, संस्कृति अथवा तामाङ ह्रिमठिमसंग सम्बन्धित गीतहरु मात्र गाउंछन् भन्ने भ्रम रहेको छ यद्यपि डम्फुको तालमा ख्यालठट्टा र माया प्रेमका गीतहरु पनि गाउन सकिन्छ भन्ने सन्देश समेत यो भिडियोले दिन खोजेको छ ।
काभ्रे पलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं.५ मा जन्मेका जितु लोप्चनले सन् २०१२ देखि गीत गाउन शुरु गरेका थिए । हाल सम्म उनको आवाजमा दुई सय वटा भन्दा बढि गीत रेकर्ड भैसकेको छ । तामाङ गीतसंगीतको बजारमा निक्कै नै हिट गीतहरु गाउन सफल गायीका जितु लोप्चन समुदायमा अत्याधिक मात्रामा रुचाइएका गायीका हुन् । हिजो सार्वजनिक गरिएको डम्फुरे दाईको निर्माता समेत रहेको लोप्चनले उक्त गीत आफैले गाएका हुन् । डम्फुरे दाई संग जोडिएर माया प्रेमका भाषाले ओतपोत भएका शब्द रचना गरेका हुन् चर्चित गायक तथा संगीतकार बिशाल काल्तानले । यस गीतमा काल्तान आफ्नै संगीत रहेको छ । गीतको एरेन्ज फनिन्द्र राईले गरेका हुन् भने मिक्सिङ दिपेश प्रधानले गरेका हुुन् ।
भिडियो तर्फ हेरुका लामाको निर्देशन तथा कोरियो ग्राफिमा निर्देशकद्धय हेरुका लामा र नायीका सुश्मा मोक्तान, कुईसाङ रुम्बा, अनिता नेगिको समेत अभिनय रहेको छ ।भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन सुर्य लामाले गरेका हुन् ।
भिडियो हेर्नुहोस…






