बैतडीमा क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

उज्यालो प्रतिनिधि ३१ आश्विन २०७९, सोमबार खेल

बैतडी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार आजदेखि कात्तिक ६ गतेसम्म छनोट प्रतियोगिता सञ्चालन हुनेछ । प्रदेशका सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कञ्चनपुर, अछाम, डोटी र दार्चुला छन् । समूह बी मा कैलाली, बैतडी, बझाङ र डडेलधुरा छन् ।

कैलालीको फाप्ला मैदानमा समूह ‘ए’ का र कञ्चनपुरको कभर्डहल मैदानमा समूह बी का खेल सञ्चालन हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टले जानकारी दिए । आज कञ्चनपुर र डोटी भिड्दा अर्को खेलमा कैलाली र बझाङ प्रतिस्पर्धा गर्नेछन् ।

 

कात्तिक १ गते दार्चुला र डोटी तथा बैतडी र बझाङ, २ गते अछाम र डोटी तथा बैतडी र कैलालीबीच भिडन्त हुनेछ । कात्तिक ३ गते कञ्चनपुर र दार्चुला तथा डडेलधुरा र बझाङ भिड्दा कात्तिक ४ गते अछाम र दार्चुला तथा बैतडी र डडेल्धुरा खेल्नेछन् । कात्तिक ५ गते कञ्चनपुर र अछाम तथा डडेलधुरा र कैलाली आमनेसामने हुने जनाइएको छ ।

दुबै समूहबाट शीर्ष स्थानमा रहने एक एक टोली कात्तिक ६ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । उक्त छनोटमा उत्कृष्ट प्रदर्शन गरेको आधारमा प्रदेशको टोली छनोट गरिनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता कात्तिक १२ गतेदेखि काठमाडौँमा हुदैछ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार