नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै

उज्यालो प्रतिनिधि २८ आश्विन २०७९, शुक्रबार खेल

दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

 

उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । बिहान ११ बजे दमौलीबाट विभिन्न जातजातिको झाँकीसहित विद्यालय प्राङ्गणमा -याली निकालिएको छ ।

प्रतियोगितका लागि फुलकोर्ट (पाँच खेलाडी) र थ्री वाइ थ्री ९तीन खेलाडी०का लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ । पाँच खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् ।

तीन खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । शनिबारबाट दैनिक छवटा खेल सञ्चालन गर्ने तयारी छ । फुलकोटतर्फ दैनिक दुई र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने श्रेष्ठले बताए । आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियलसहित एक सय ५६ जना सहभागी हुँदैछन् ।

उद्घाटन समारोहमा झाँकी प्रदर्शन

प्रतियोगिता उद्घाटन अगाडि दमौली बजारमा झाँकी प्रदर्शन गरिएको छ । झाँकीमा जिल्लाका विभिन्न जातजाति, विभिन्न सङ्घसंस्था, क्लब, विद्यालयलगायत सर्वसाधारणको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार